बेलायती शैक्षिक मेला हुने

बेलायती शैक्षिक मेला हुने


बेलायती शैक्षिक मेला हुने

अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले एसआई युके नेपालले यही जेठ २८ गत ‘दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको छ । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा सो संस्थाका निर्देशक विनय अधिकारीले मेलामार्फत नेपाली विद्यार्थी र अभिभावकले ३० भन्दा बढी बेलायती विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, पाठ्यक्रम, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने बताए । निर्देशक अधिकारी बेलायती शिक्षा प्रणाली र गैरआवासीय नेपाली समुदायबारे जानकार अभियानकर्मी पनि छन् ।

वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण विद्यार्थी तथा उनका अभिभावकलाई विश्वविद्यालयबारे जानकारी दिन संस्थाले यस्तो मेला गर्दै आएको छ ।


प्रकाशित मिति: सोमबार, २३ जेठ, २०७९, १३:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९