काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निवासमा मेयर बालेनको ‘लञ्च मिटिङ’

काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निवासमा मेयर बालेनको ‘लञ्च मिटिङ’

के-के भयो कुराकानी?


काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निवासमा मेयर बालेनको ‘लञ्च मिटिङ’

 काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरको काम-कारबाहीलाई सहज बनाउन विभिन्न उपाय र शैली अपनाउन थालेका छन् । उनले महानगरको कामलाई सहज रुपमा अघि बढाउन वडाध्यक्षहरूसँग छलफल अगाडि बढाएका छन् । आज शनिबार मेयर शाहले काठमाडौं-१६ का अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् ।

रिजालको बालाजुस्थित घरमै पुगेका मेयर शाहले फोहोर व्यवस्थापन र महानगरका काम-कारबाहीका विषयमा सुझाव मागेका छन् । उनले रिजालको कार्यशैलीबाट आफू प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए ।

कलाकार अर्जुन घिमिरे (पाँडे) सहित रिजालको घर पुगेका मेयर शाहले त्यहाँ झण्डै दुई घण्टा बिताएका थिए । ‘लञ्च’ सहितको सो ‘मिटिङ’ मा वडाध्यक्ष रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गरे । मेयरलाई सघाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

रिजालले भने, ‘नगर प्रमुख ज्यूसँग छलफल भएको हो, महानगरपालिका केन्द्रित छलफल भएको छ । ’ भेटमा सहभागी पाँडेले भने जनप्रतिनिधिहरूसँग परामर्श गर्ने नीतिअनुसार आजको भेटघाट भएको बताए । रिजालले महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषय सम्झाएका थिए । त्यस लगत्तै सामाजिक सञ्जालमा उनी भाइरल’ बनेका थिए ।


प्रकाशित मिति: शनिबार, २८ जेठ, २०७९, १५:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९