भारतीय अभिनेता अल्लू अर्जुनविरुद्ध उजुरी

भारतीय अभिनेता अल्लू अर्जुनविरुद्ध उजुरी


भारतीय अभिनेता अल्लू अर्जुनविरुद्ध उजुरी

मुम्बई । दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लू अर्जुन केही समययता फिल्म ‘पुष्पा’का कारण चर्चामा थिए ।

उनको यो फिल्मले स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रियता पाएको थियो । अहिले यिनै अर्जुन पुनः चर्चामा छन् । उनको यो चर्चा फिल्मले मात्र नभई एक विज्ञापनका कारणले हो ।

अल्लू एक शैक्षिक संस्थानले उत्पादन गरेको विज्ञापनमा अभिनय गरेपछि विवादमा तानिएका छन् । सामाजिक कार्यकर्ता कोठा उपेन्द्र रेड्डीले एक संस्थानको विशेष विज्ञापनमा अल्लूको अनुहारको प्रयोग गरी भ्रामक प्रचार गरिएको भन्दै अल्लूलाई कारवाहीको माग गरेका छन् ।

उनले अल्लूविरुद्ध विज्ञापनमा अभिनय गर्नका लागि र चैतन्य शैक्षिक संस्थाविरुद्ध गलत सूचना दिएको भन्दै अम्बरपेट प्रहरीेमा उजुरी दिएका हुन् । उनले आममानिसलाई गलत सूचना दिएको भन्दै अल्लू र शैक्षिक संस्थानविरुद्ध मुद्धा चलाउनुपर्ने बताएका छन् ।

यसअघि अल्लू एक फूड डेलिभरी एपको मार्केटिङका लागि आलोचित भइसकेका छन् । एजेन्सी


प्रकाशित मिति: शनिबार, २८ जेठ, २०७९, २१:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९