मृत भेटिइन् फेसन डिजाइनर प्रत्युषा

मृत भेटिइन् फेसन डिजाइनर प्रत्युषा


मृत भेटिइन् फेसन डिजाइनर प्रत्युषा

टलिउड फिल्म उद्योगी लोकप्रिय फेसन डिजाइनर प्रत्यूषा गरिमेला मृत भेटिएकी छन् । उनको शव तेलंगनाको बञ्जारा हिल्समा रहेको घरमा भेटिएको छ । प्रहरीका अनुसार ३५ वर्षीया अभिनेत्री सुत्ने कोठामा कार्बन मोनोअक्साइड सिलिण्डर भेटिएको छ । प्रहरीले यसलाई शंकास्पद मृत्यु भन्दै उजुरी दर्ता गराएको छ ।

उनको शवलाई पोस्टमार्टमका लागि उस्मानिया अस्पतालमा लगिएको छ । चिकित्सकका अनुसार प्रत्यूषाले मृत्यु अघि कार्बन मोनोअक्साइड सुँघेकी थिइन् । उनी लामो समयदेखि डिप्रेसनसँग जुधिरहेकी थिइन् ।

प्रहरीलाई यो घटनाको जानकारी प्रत्यूषाको सुरक्षाकर्मीले दिएका थिए । सुरक्षाकर्मीले प्रत्युषालाई बोलाउदा उनले कुनै जनाउ नदिएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी त्यहाँ पुगेर उनको कोठाको ढोका फोडेको थियो । मृत भेटिएपछि प्रहरीले तुरुन्तै प्रत्युषाका परिवार र साथीभाईलाई उनको निधनको बारेमा जानकारी दिएको थियो ।

बञ्जारा प्रहरी स्टेसनका इन्स्पेक्टर नागेश्वर रावले प्रत्युषाको कोठाबाट एक नोट फेला पारेको छ । उनले त्यो नोटमा कसैलाई दोष लगाएकी छैनन् । ‘म निकै एक्लो महशुस गरिरहेको छु र डिप्रेसनमा छु’, उनले लेखेकी छन् । उनको यो नोटले उनले आत्महत्या गरेको संकेत गरेपनि प्रहरीले यो मामलामा अनुसन्धान सुरु गरिसकेको छ ।

प्रत्युषाले अमेरिकाबाट फेसन डिजाइनिङ पढेकी थिइन् । त्यसपछि उनले हैदराबादमा फेसन डिजाइनरका रुपमा करियर सुरु गरिन् । उनले सन् २०१३ मा आफ्नो नामको एक लेबल पनि सुरु गरेकी थिइन् । त्यसपछि उनी निकै लोकप्रिय बनिन् ।

उनले बलिउड र टलिउडका माधुरी दिक्षित, रवीना तण्डन, काजोल, परिणतीति चोपडा, हुमा कुरैशी, श्रीया सरन, काजल अग्रवाल, जूही चावला, गौहर खान, नेहा धुपिया, भूमि पेडनेकरलगायतका सेलिब्रेटीको पहिरन डिजाइन गरिसकेकी छन् । एजेन्सी


प्रकाशित मिति: आइतबार, २९ जेठ, २०७९, ११:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९