कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष उपाध्यायले जिससको निर्वाचनमा मतदान गर्न नपाउने

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष उपाध्यायले जिससको निर्वाचनमा मतदान गर्न नपाउने


कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष उपाध्यायले जिससको निर्वाचनमा मतदान गर्न नपाउने

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले सोमबार हुने जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले आइतबार कैलालीका मुख्य निर्वाचन अधिकृतलाई एक पत्र लेखी उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनलाई गाउँपालिका अध्यक्षको हैसियतमा कुनै अधिकार प्रयोग गर्न नदिन आग्रह गरेको छ । ‘‘ भ्रष्टाचारको आरोपमा मुद्दा चलेकामा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर सार्वजनिक पद धारण गरेको व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बन भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशानुसार अनुरोध छ’ आयोगका उपसचिव लक्ष्मी शर्माले लेखेको पत्रमा भनिएको छ ।

उपाध्याय अघिल्लो कार्यकालमा मोहन्याल गाउँपालिका–२ को वडाध्यक्ष थिए । त्यतिबेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएपछि निलम्बनमा परेका थिए । तर उनी ३० वैशाखको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए र निर्वाचित पनि भए ।

उनी निर्वाचित भएपछि अख्तियारले एक पत्र लेखी उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेको भन्दै निलम्बनमा राख्न निर्वाचन आयोगलाई आग्रह गरेको थियो ।

निर्वाचन आयोगको विज्ञप्ति


प्रकाशित मिति: आइतबार, २९ जेठ, २०७९, १८:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९