काठमाडौं, २६ चैत ।
जेनजी आन्दोलनमा दमनको आरोपमा पक्राउ गरिएका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली दुई साताछपछि थुनामुक्त भएका छन् ।
सर्वोच्च अदालतको आदेशअनुसार उनलाई बिहीबार हाजिरी जमानीमा छोडिएको हो । जिल्ला प्रहरी परिसर, कामाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार स्वास्थ्य जाँचपछि त्रिवि शिक्षण अस्पतालमा आफन्तको जमानीमा उनलाई रिहा गरिएको छ। ओली १४ चैतमा पक्राउ परेका थिए । पुर्वाग्रह राखेर पक्राउ गरेको बिरोधमा एमाले आन्दोलित हुँदै आएको छ ।
सर्वाेच्च अदाललते गत सोमबार अब ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थप नगर्न परमादेश दिएको थियो । लेखकलाई पनि रिहा गर्ने तयारी छ ।
