काठमडौं, ३ वैशाख । नेपाल आयल निगमले इन्धनको मूल्य पुनरवलोकन गरेसँगै सर्वसाधरणलाई महंगीको मार परेको छ। आम्दानीको स्रोत नबढ्ने र महंगी मात्र बढेपछि सर्वसाधरण नागरिक मारमा परेका छन् । बुधबार मात्रै सरकारले डिजेल र मट्टितेल प्रतिलिटर ३० रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएको छ।
तर पेट्रोलको भने यथावत राखिएको आयल निगमले जनाएको छ।
पछिल्लो हेरफेरपछि डिजेल र मट्टितेल २३७ रुपैयाँ प्रतिलिटर पुगेको छ। पहिलो वर्गमा भने २३४।५० र दोस्रो वर्गमा २३६ रुपैयाँ रहेको छ।
मूल्य समायोजनपछि डिजेलमा प्रतिलिटर ९९।१६ रुपैयाँ अझै घाटा हुने निगमको भनाइ छ।
इन्डियन आयल कर्पोरेसनले नेपालमा नयाँ खरिद मूल्यसूची पठाएपछि नेपालमा पनि हेरफेर भएको हो।

