काठमाडौं, २९ कात्तिक । नेकपा (एमाले) ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीले मंसिर २ र ३ गते राष्ट्रिय भेला सकिए लगत्तै ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र ५ गते केन्द्रीय कमिटीको चौथो बैठक आयोजना गर्न लागेको हो।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मंसिर २ र ३ गते काठमाडौंको कार्की ब्याङ्क्वेटमा राष्ट्रिय भेला हुनेछ।
त्यसैगरी, मंसिर ४ गते बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना हुनेछ। भेलामा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुनेछन्।
राष्ट्रिय भेला र स्थानीय तहका जनप्रतिनिधिहरूको भेलापछि मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको आचार्यले जानकारी दिएका छन्।
नेकपा (एमाले) का आगामी केन्द्रीय कार्यक्रमहरू :
राष्ट्रिय भेला लगतै केन्द्रीय कमिटी बैठक र स्थानिय तहका जनप्रतिनिधि हरुकाे राष्ट्रिय भेला ।
१. मंसिर २ र ३ गते : राष्ट्रिय भेला
स्थान : कार्की ब्याङ्क्वेट, काठमाडौं।
२. मंसिर ४ गते : स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला
समय : बिहान ११:०० बजेदेखि।
स्थान : पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुर।
सहभागिता : नेकपा (एमाले) का तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू।
३. मंसिर ५ गते : केन्द्रीय कमिटीको चौथो बैठक
पार्टी केन्द्रीय कमिटीको चौथो बैठक आयोजना हुने।


