काठमाडौँ,२८ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यसहितका नेताहरुले सभापति रवी लामिछानेसँग छलफल गरेका छन् ।
चीन भ्रमणमा जानुअघि आज बिहान पार्टी सभापति लामिछानेसँग भेट गरेर उनीहरुले भ्रमणबारे छलफल गरेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल आईतबारदेखि चीन भ्रमणमा जाँदैछ ।


चीन भ्रमणकै सन्दर्भमा टोलीले पार्टी सभापति लामिछानेसँग सभापति निवासमा छलफल तथा सल्लाह गरेका हुन् । शुक्रवार उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गरेका थिए ।



