काठमाडौं, २७ कात्तिक ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् ।
यही नोभेम्बर १३ देखि १८ सम्म हुने औपचारिक भ्रमणका लागि आज बिहान ९ बजेर २० मिनेटमा उनी मस्कोतर्फ प्रस्थान गरेका हुन् ।

रूसको सत्तारूढ राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म आयोजना हुने For the Freedom of Nations विश्व सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रचण्ड त्यसतर्फ गएका हुन् । उनीसँगै प्रमुख स्वकीय सचिव गोविन्द आचार्य पनि भ्रमण टोलीमा सहभागी छन् ।
उनी नोभेम्बर १८ मा स्वदेश फर्किने कार्यक्रम रहेको प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीले जानकारी दिए ।


