काठमाडौ, १० वैशाख ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वको “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’’ को दोस्रो बैठक आज दिउँसो तीन बजे बस्दै छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरु र कार्यदलको आगामी कामकारवाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवलायले जनाएको छ ।
