काठमाडौं, १२ वैशाख ।
गृह मन्त्रालयले सशस्त्र प्रहरीको रिक्त ६ डीआईजी र ७ एसएसपीको बढुवा गर्दा वरियता र कार्यसम्पादन मिचेको छ । वरियता र कार्यसम्पादन मूल्यांकनमा अघि रहेका एसएसपीलाई छाडेर बढुवा सूची प्रकासित गरेको हो ।
सशस्त्रको डीआईजीमा दिग्विजय सुवेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की बढुवा भएका छन् । भूपेन्द्र केसी, कमल तिउसिना, नीरकृष्ण अधिकारी सुधिरजंग थापालाई रोकेर, उप्रेति, पौडेल, कँडेललाई अघि ल्याइएको छ । नयाँ सरकारले समेत वरियता र कार्यसम्पादन मिचेकोभन्दै सुरक्षा अंगमा असन्तुष्टि प्रकट भएको छ । कुनै पनि दाग नलागेकालाई बढुवा नगरी हतियार प्रर्दशन गरेर कारवाही भोगेका र नेपाली सेना समेत राष्ट्रिय सुरक्षा खतरा उत्पन्न गराउन खोजेको भन्दै गम्भीर चासो राखेका अधिकृतलाई सरकारले बढुवा गरेको हो ।
हाल बढुवामा सिफारिस भएका उप्रेति झापा तालिमकेन्द्र एसपी हुंदा बसेको तर संधै बिर्तामोड घरमा बसेर युनिट चलाएको भन्दै आरोप लाग्ने गरेको थियो । एसएसपी हुंदा समेत उप्रेती केपि ओलिका बिश्वासपात्र देबेन्द्र दाहालको आडमा सोही तालिमकेन्द्र गएका थिए । पछि पनि तालिमकेन्द्रमा राशनमा बदमासी गरेको आरोप लागेको थियो । त्यसैगरी तालिमकेन्द्रमा भएका सबै हतियारबारे बाहिरी व्यक्तिलाई जानकारी गराएको आरोप पनि लागेको थियो । आफुभन्दा तलका कर्मचारी प्रती अनुदार अधिकृत हुन् । उनलाई वरियताभन्दा अघि तानेर बढुवा सिफारिस गरिएको छ ।
सशस्त्रमा एसएसपीमा दीपककुमार थापा, सुधीर सुवेदी, महेश केसी, प्रकाशकुमार सुवेदी, चित्राङ्गत दहाल, सुभाष भण्डारी र प्रदीपसिंह कार्की बढुवा भएका छन् ।सशस्त्रमा बढुवा खुलेपछि अब १५ भन्दा बढी एसपी, २२ भन्दा बढी इन्स्पेक्टर डीएसपीमा बढुवा हुने भएका छन् । इन्स्पेक्टरमा २२ पद रिक्त छन् । सईका लागि ५५ भन्दा बढी असई बढुवाको प्रतीक्षामा छन् ।


