काठमाडौं, १७ वैशाख । सरकारले सशस्त्र प्रहरिको डिआइजी बढुवामा बरियता मिचेर मनलागी गरेको छ । कार्यसम्पादन मूल्यांकन तथा वरियतालाई लत्याउंदै बढुवा गरेको हो । बढुवा गर्न नियमावलीमा भएको ब्यबस्था लाई पुरै लत्याइएको छ ।
२०७८ मंसिरमा एसएसपी भएका प्रबिण कडेल , दिगबिजय सुवेदी , किरण बस्नेत र माधब पौडेललाइ डिआइजी बनाउंदा सोही लटमा बढुवा भएका मध्ये ३ नम्बरका भुपेन्द्र केसी , ४ नम्बरका कमल तिउसिना ५ नम्बरका निरकृष्ण अधिकारी , ६ नम्बरका सुधिर जंग थापा लाई छुटाइएको छ ।
साथै एउटै पत्रले कन्फर्म भएका ९ नम्बरका उद्दब न्यौपाने , १० नम्बरका राजेन्द्र खड्का , ११ नम्बरका नरेन्द्र सेन , १२ नम्बरका किरण ढुंगाना र १३ नम्बरका शंकर खनाललाइ छुटाइएको छ । त्यो लटमा एसएसपी भएका मध्ये १ नम्बरका प्रबिण कडेल , २ नम्बरका दिगबिजय सुवेदी , ७ नम्बरका किरण बस्नेत र ८ नम्बरका माधब पौडेल लाई बढुवा गरिएको छ ।
त्यस बाहेक डिआइजी बनाइएका २ जना कार्यक्षमता र कमान्ड कमजोर भएका र अघिल्लो टोलि भन्दा २१ महिना पछि २०८० सलमा एसएसपी भएका राजेश उप्रेती र नेत्र कार्की बढुवा गरेर संगठनको विधि पद्धति र कार्यसम्पादनलाई पूरै वेवास्था गरिएको छ । अझ बिडम्बनाको कुरा त के छ भने २१ महिना जुनियर मध्येबाट पनि १ नम्बरको राजेश उप्रेतिलाइ डिआइजी बनाउंदा त्यस पछि बरियतामा रहेका रबिनराज कर्णजित र भरत खनियालाइ छुटाएर नेत्र कार्किलाइ बढुवा गरिएको छ । जेस्ठता , कार्यकुशलता र ४ बर्षको कार्यसम्पादन मुल्यांकनको ख्याल नगरी बेशिक तालिममा आएको ग्रेडिङको आधारमा बढुवा गरिएपछि फिल्ड कम किन गर्नुपर्यो भन्ने प्रश्न उठेको छ ।
जबकी बेशिक तालिमको ग्रेडिङलाइ नियमावलिले चिन्दैन । अझ बढुवा लटनै फरक २१ महिना जुनियरलाइ बढुवा गरेर सरकारले यस अघिका सरकारको बन्दा बढी बिकृती देखाएको छ । पहिले बरु एउटै लटका मध्ये बाट कार्य सम्पादन हेरि बढुवा गरिन्थ्यो । तल माथि भए पनि लट भित्रै हुन्थ्यो । तर अहिले त सुरक्षा संगठननै अस्तब्यस्त हुने गरि शक्ति र सत्ता लाई प्रभाबमा पारेर स्थापित मापदण्ड भन्दा बाहिर गएर संगठन प्रमुखको समेत राय नलिइ एकोहोरो दवाब दिएर बढुवा गरिएको छ ।
जुनियर लटकोलाई कुन आधारमा तानिएको हो भन्ने संगठन संग कुनै तर्क समेत छैन ।
अर्को तर्फ एसएसपी बढुवा पनि त्यस्तै छ । २०७५ मा एसपी भएका लाई छुटाएर २०७७ मा एसपि भएका हरु बढुवामा परेका छन् ।बढुवा हुने दिपक कुमार थापा , सुधिर सुवेदी , प्रकाश सुवेदी , महेस केसि र सुभास भन्डारी अघिल्लो लटका भए पनि उनिहरु संगै एउटै पत्रले बढुवा भएका र १ नम्बरका महेस अधिकारी सहित १३ जनालाई छुटाएर २ बर्ष जुनियर चित्रांगत दाहाल र प्रदिप सिहं कार्कीलाई बढुवा गरिएको छ । त्यही लटमा पनि कार्की भन्दा सिनियर र काबिल मानिएका गगन श्रेष्ठ , बिक्रम होमागाइ र राजकुमार लामिछने बढुवामा परेनन् ।उनीहरुको कार्यसम्पादन र मूल्यांकनलाई पानी बगाइएको भन्दै सशस्त्र प्रहरीमा चरम असन्तुष्टि बढेको छ ।
