काठमाडौं, ५ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आफ्नो सुरक्षाका लागि नखटाउन मौखिक आदेश दिएका छन् । उनले आफ्नो सुरक्षाका लागि नेपाली सेना मात्रै खटिने भन्दै प्रहरी महानीरिक्षक र सशस्त्र प्रहरी महानीरिक्षकलाई मौखिक आदेश दिएका हुन् । लोकतान्त्रिक शासन व्यवस्था आएपछि सरकारले प्रधानमन्त्रीको मूल अंगरक्षकको रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउदै आएको थियो । खासगरी दरबार हत्याकाण्डपछि सरकारले प्रधानमन्त्रीको मुल सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने गरको छ । जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेनाले हस्तक्षेप गरेको थियो । तत्कालिन प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई सेनाले खटाएको पिएओले कतै पनि निस्कन नदिएको गुनासो गर्दै आएका थिइन । पछिल्लो पटक वालुवाटारको सबै सुरक्षा अवस्था नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।
पछिल्लो एक साता यता प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सुरक्षाका लागि नेपाली सेना प्रयोग गर्दै आएका छन् । प्रधानमन्त्री मन्त्रीहरुको सुरक्षाका लागि भनेर सेनाले छुट्टै अधिकृत र जवानहरुको व्यवस्था गरेको हुन्छ । सेनाले नै सुरक्षा दिइरहेको भएपनि प्रधानमन्त्री तथा मन्त्रीहरुको नीजि सुरक्षा भने जहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले हेर्ने गरेको छ । अहिले भने सेनाको सुरक्षा टोलीले प्रहरी र सशस्त्र प्रहरीबाट खटिएको टोलीलाई प्रधानमन्त्री निकट पनि जान दिएको छैन । ‘गत शुक्रबार प्रधानमन्त्रीले सेनाको मात्रै स्कटिङ लिनु भयो, जो ३२ वर्ष यताकै दुर्लभ विषय हो’, एक सुरक्षा अधिकारीले भने ‘अहिले वालुवाटारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी माथि नै निगरानी गरिएको छ।’
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
प्रधानमन्त्रीलाई सेनाको कडा सुरक्षा, प्रहरी र सशस्त्रलाई अवरोध !
Previous Articleमेडिकल व्यवशायी दूर्गा प्रसाई पर्सामा पक्राउ
