हामी सबैलाइ थाहा छ अहिलेको समय बेदाग छवि भएको इमान्दार नेताले मात्रै नेतृत्व गर्न सक्ने अवस्था हो । त्यसैले पार्टीमा अग्रजलाइ मिलाउन , सहकर्मीहरुलाइ सक्रिय बनाएर चलाउन र नयाँहरुमा आशा जगाउने सामथ्र्यताको साथै इमान्दारिता अनि परिपक्कता सहितको गुणले सम्पन्न विद्या भण्डारी सक्रिय हुनु केवल एमालेको निम्ति मात्रै नभई सिंगो देशको लागि खुसिको कुरो हो । त्यसो हुँदा अव पनि फेरी विगत कोट्याएर विद्या भण्डारीलाइ आफ्नो र अर्काको भनेर कित्ताकाट गर्ने काम कसैले गर्नु हुदैन ।
राधाकृष्ण देउजा
नेपालको राजनीतिमा एमालेले स्वच्छता , सरलता , निष्ठा , इमान , सुसंस्कार र जनपक्षधरतालाई आफ्नो स्थापनाको आधार मात्र मानेको छैन, लामो समय त्यसलाई आफ्नो जीवनशैली बनाएको छ । एमाले निकट विगतमा भए गरेका कतिपय काम कारवाहीले गर्दा जनतामा अलोकप्रिय बन्न पुगेको र त्यसो हुनुको कारण एमालेले चुनावमा नराम्रो धक्का सहेको कसैको सामु लुकेको छैन । जननेता मदन भण्डारीले प्रतिपादन गर्नु भएको बहुदलीय जनवादको मर्म विपरित संवैधानिक सर्वोच्चता सहितको कानुनी राजमाथि नै प्रहार हुनु , आफ्नो निजी र समुहगत स्वार्थ रक्षार्थ नेतृत्वलाइ ‘बा’को संज्ञा दिएर सिमित गर्नु , पार्टीको भावनात्मक एकता भन्दा सत्ता स्वार्थलाइ प्रधानता दिनु जस्ता कामले गर्दा नेकपा एमाले बनाउनेहरु मध्य कतिपय बाहिरिनु परेको थियो । कतिपयले भित्र रहँदा पनि अपमान व्यहोर्दै शिर निहुर्याउनु परेको थियो । यही कारणले एमाले आजको अवस्थामा आएको दुई मत छैन । तर यति हुदा पनि सबैलाइ कमरेडी भावना पुर्नजागृत गर्दै , आपसमा मिलेर कमजोरी सच्याउँदै अगाडी बढने संकल्प गरेमा र प्रेरणा लिएमा त्यसलाई सकारात्मक मान्नुपर्छ ।
पार्टी संचालन गर्दै गर्दा अनेकन त्रुटी कमजोरीहरु भएको तथ्यहरुले भाद्र २३ गतेको नरसंहार एमाले नेतृत्वको सरकारको योजना र चाहनामा भएको थिएन भन्ने सत्यलाई छोप्न सक्दैन । बरु भाद्र २४ गतेको आतंककारी घटनाको आधार तय गर्न भाद्र २३ गतेको भिडन्त निम्त्याईएको देखिन्छ । जे होस भाद्र २३ लाइ देखाएर २४ गते विध्वंस मच्चाउदै गर्दा जे जसरी एमाले नेता कार्यकर्ताहरुको घरहरु जलाइए ठिक त्यही बिन्दुबाट नै एमाले पंक्ति भित्रको आपसी बेमेल, विगतका असहमति असन्तुष्टि र प्रतिष्पर्धी भावना अन्त्यको सुरुवात हुनै पर्ने थियो । तर त्यसो हुन सकेन,जसले गर्दा एमालेले चुनावमा अपेक्षा भन्दा ठुलो धक्का खायो । हो तथ्य भन्दा अफवाह हावी भएको अवस्थामा सम्पन्न चुनावमा एमालेले धक्का खाने विषय अनुमान गर्न सकिने नै थियो तर आन्तरिक एकता वलियो भएको भए जुन मात्रामा धक्का खायो त्यो चाहिं हुने थिएन ।
जव चुनाव सकिएर नयाँ सरकार बन्यो तव त्यसले विधि पद्दति र मानवीयता समेत भुलेर एमाले नेतृत्व माथि प्रतिशोध साँध्ने काम गर्यो । त्यसबेला पनि एमाले पंक्तिले व्यक्तिसँगको आफ्नो सम्वन्धको आधारमा बचाऊ वा खुचिङ्ग गर्नु हुन्न थियो । विडम्वना त्यस्तै अवस्था र परिस्थितिको सिर्जना भयो । विधि पद्दतिको पालनाको पक्षमा एक हुनुपर्ने एमाले छनोटमुखी अनुसन्धान हुँदा त्यसको प्रतिवादमा एकतावद्ध बन्न सकेन । त्यति मात्रै कहाँ श्रमिक , शोषित, उत्पीडित र गरिवको मसिहा बन्नु पर्ने एमाले पार्टी सुकुम्बासीको घरमा डोजर चलाँइदै गर्दा एक भएर जनतासँग उभिन जान सकेन । यी यस्ता धेरै दुःखद र अपत्यारिलो अवस्था एमालेको जीवनमा आयो ।
अब, ढिला नै सही एमाले पुर्नजागरणको मार्गमा अगाडी बढने मार्गमा आइपुगेको छ र यो सकारात्मक कुरा छ । लामो समय देखि होल्ड गरिएको विद्या भण्डारीको सदस्यतालाई सुचारु गरिनुले अब एमाले पुर्नजागरण अभियानको अघि बढ्नु हो । त्यसको नेतृत्व गर्ने जिम्मा विद्या भण्डारीको काँधमा आएको प्रष्ट हुन्छ । अव सबै एमालेजनले विद्या भण्डारीलाइ यदी किन्तु परन्तु नगरी साथ र सहयोग गर्नुपर्छ ।
विडम्वना त्यस्तै अवस्था र परिस्थितिको सिर्जना भयो । विधि पद्दतिको पालनाको पक्षमा एक हुनुपर्ने एमाले छनोटमुखी अनुसन्धान हुँदा त्यसको प्रतिवादमा एकतावद्ध बन्न सकेन । त्यति मात्रै कहाँ श्रमिक , शोषित, उत्पीडित र गरिवको मसिहा बन्नु पर्ने एमाले पार्टी सुकुम्बासीको घरमा डोजर चलाँइदै गर्दा एक भएर जनतासँग उभिन जान सकेन । यी यस्ता धेरै दुःखद र अपत्यारिलो अवस्था एमालेको जीवनमा आयो ।
हामी सबैलाइ थाहा छ अहिलेको समय बेदाग छवि भएको इमान्दार नेताले मात्रै नेतृत्व गर्न सक्ने अवस्था हो । त्यसैले पार्टीमा अग्रजलाइ मिलाउन , सहकर्मीहरुलाइ सक्रिय बनाएर चलाउन र नयाँहरुमा आशा जगाउने सामथ्र्यताको साथै इमान्दारिता अनि परिपक्कता सहितको गुणले सम्पन्न विद्या भण्डारी सक्रिय हुनु केवल एमालेको निम्ति मात्रै नभई सिंगो देशको लागि खुसिको कुरो हो । त्यसो हुँदा अव पनि फेरी विगत कोट्याएर विद्या भण्डारीलाइ आफ्नो र अर्काको भनेर कित्ताकाट गर्ने काम कसैले गर्नु हुदैन ।
हो विगतमा आफ्नो रहरले भन्दा पनि पार्टीको निर्णयले राष्ट्रपति बन्न गएको यथार्थ स्मरण गर्दै गराउंदै , पुन सक्रिय राजनीतिमा आउने स्पष्ट पार्दै , जिम्मेवारी पुरा गरेर फर्कंदा नै सेवा सुविधा केहि नलिने घोषणा गर्ने विद्या भण्डारीको सदस्यता रोक्का सही थिएन । जे होस अव उहाँलाइ एमालेको कमाण्ड सम्हाल्ने बाटो खुल्ला भैसकेको अवस्थामा हिजो कसले के गर्यो वा भन्यो भनेर विगत् कोट्याउनुको अर्थ छैन । हिजो फलानो विरोधमा थियो र म वा हामी पक्षमा थियौं भन्नुको पनि काम छैन । विगतमा जे भयो , सो भयो अब जिम्मेवारी लिएर सबैलाइ मिलाएर सवल सुदृढ र जनताको मन जितेर शक्तिशाली एमाले बनाउने दायित्व विद्या भण्डारीको काँधमा छ । त्यसो हुँदा अब आफैंले आफैंलाइ विद्या भण्डारीको निकट घोषित गर्ने , यसलाई वा त्यसलाइ होच्याउने काम कोहि कसैबाट पनि हुनुहुँदैन ।
यो सामान्य अवस्था नभएर विशिष्ट अवस्था हो । त्यसैले सामान्य अवस्थाको समयमा भए रहेका असहमतिहरुको कुरा निकालेर अनावश्यक र प्रतिउत्पादक वैमनश्यता गर्ने काम अब एमालेहरुले गर्न हुँदैन । अझै आफुलाइ विद्या भण्डारी समर्थक भन्नेले त त्यसो गर्न हुँदै हुन्न बरु उहाँहरुले त विद्या भण्डारीले जस्तै सकारात्मकता , संकटमा मित्रता र क्षमाशिलता देखाउनु पर्छ । आफ्नो सदस्यता समेत रोक्का राख्ने काम भएको तथ्य भुलेर पनि संकटमा साथ दिने , अस्वस्थ अवस्थामा सहयोग गर्ने जुन संस्कार विद्या भण्डारीले देखाउनु भयो त्यसबाट सबैले सिक्नुपर्छ र अब किन्तु परन्तु केहि नभनी इमान्दारहरुको सक्रियतामा फेरी एक पटक एमालेलाइ जनताको पार्टी बनाउने काममा विद्या भण्डारीलाइ सबैले साथ दिनुपर्छ ।
अन्तिममा, यो लेख लेख्दै गर्दा र सामाजिक सञ्जालमा मेरा धारणा राख्दा एमाले प्रवेश गर्न खोजेको आरोप लाग्नसक्छ तर मलाई त्यस्तो आकांक्षा र रहर दुवै छैन ।
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।
