चितवन, ९ असार ।
दोस्रो पटक सारेर रास्वपाको जारी महाधिवेशनको बन्द सुरु गर्ने तयारी भएको छ ।
विवादका कारण सोमबार स्थगित बन्दसत्रको नयाँ कार्यतालिका सार्वजनिक गर्दै सो जानकारी दिइएको हो । पार्टीको निर्वाचन समितिले दिउँसो २ बजेबाट बन्दशत्र सुरु गर्ने गरी नयाँ कार्यतालिका ल्याएको हो । यद्यपि, सोमबारकै जस्तो हुने कि नहुने अन्तिम टुगो भने लागिसकेको छैन ।
बिन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक, उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ । यस्तै अनुशासन आयोग र पार्टीको वित्तीय प्रतिवेदनसमेत पेश हुनेछ ।
बेलुका ६ः४५ बजे बन्दसत्र सकेपछि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ ।
