चितवन, १० असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गर्ने तयारी भएको छ ।
हतारमै पारित गराउँदा पनि सामान्यतया प्रतिनिधिहरुलाई समूहगत विभाजन गरी निश्चित समय छुट्याएर सुझाव लिएर पारित गर्ने विश्वव्यापी आन्तरिक लोकतन्त्रको अभ्यास हुन्छ । तर, महाधिवेशनको प्रतिवेदनहरु छलफलमा लगेर प्रक्रिया नै पूरा नगरी ४ हजार २ सय प्रतिनिधिमाझ सात सेकेण्डमै पारित गरिएको भन्दै कतिपय केन्द्रीय सदस्य र प्रतिनिधिहरुले सामाजिक संजाल र विभिन्न माध्यमबाट आश्चर्य प्रकट गर्दै आलोचना गरिरहेका छन् ।
आजै नयाँ नेतृत्वको निर्वाचन गराउन रास्वपाले मंगलवार राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन छलफलमै नलगी पारित गरेको थियो । हतारमै पारित गराउँदा पनि सामान्यतया प्रतिनिधिहरुलाई समूहगत विभाजन गरी निश्चित समय छुट्याएर सुझाव लिएर पारित गर्ने विश्वव्यापी आन्तरिक लोकतन्त्रको अभ्यास हुन्छ । तर, महाधिवेशनको प्रतिवेदनहरु छलफलमा लगेर प्रक्रिया नै पूरा नगरी ४ हजार २ सय प्रतिनिधिमाझ सात सेकेण्डमै पारित गरिएको भन्दै कतिपय केन्द्रीय सदस्य र प्रतिनिधिहरुले सामाजिक संजाल र विभिन्न माध्यमबाट आश्चर्य प्रकट गर्दै आलोचना गरिरहेका छन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरुको नाम र तस्बिर राखेर मतदान गरिने जानकारी दिए ।
आजै दिउँसो पहिलो चरणको मतदान गर्ने लक्ष्यका साथ तयारी भइरहेको जानकारी दिँदै उनले नमुना मतदानका निम्ति पाँच वटा उपकरण प्रयोग गरिने बताए ।
निर्वाचनमा ४०० भन्दाबढीले उम्मेदवारी दिएका छन् । मतदान पूरा भएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने प्रमुख केसीले बताए । पहिलो चरणमा ९९ केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ ।
सभापति रवी लामिछाने मंगलवारै सर्बसम्मत निर्वाचित भइसकेका छन् ।
