काठमाडौं, ११ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको खुलातर्फ भएको विद्युतीय मतदानको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार खुलातर्फ सर्वाधिक मत प्राप्त गर्ने ३५ जना उम्मेदवारको सूची सार्वजनिक गरिएको हो । खुला कोटाबाट सबैभन्दा बढी मत प्राप्त गर्ने ३५ जना उम्मेदवार केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार प्रवासतर्फको मतसमेत समावेश गरी अन्तिम परिणाम सार्वजनिक भएपछि मात्रै खुलातर्फ निर्वाचित केन्द्रीय सदस्यहरूको औपचारिक घोषणा गरिनेछ ।
विद्यूतीय मतदानमा सर्वाधिक मत ल्याएका ३५ जनाको सूची
१. डा. स्वर्णिम वाग्ले– २६०७
२. सोविता गौतम– २५९४
३. शिशिर खनाल– २४९५
४. सागर ढकाल– २३३३
५.तोसिमा कार्की– २२५७
६. रञ्जु दर्शना– २२४९
७. मनिष झा– २२३७
८. हरि ढकाल– २२१९
९. कविन्द्र बुर्लाकोटी– २१८४
१०.विपिन आचार्य– २१२६
११. रमेश प्रसाईं– २१२३
१२. बिराजभक्त श्रेष्ठ– २०९४
१३. निशा डाँगी– २०८९
१४. इन्दिरा रानामगर– २०४७
१५. गणेश पराजुली– २०४५
१६. जगदिश खरेल– (ललितपुर) २०४४
१७. पुकार बम– २०३०
१८. यज्ञमणि न्यौपाने– १९६९
१९. प्रमोद न्यौपाने– १८९२
२०. सस्मित पोखरेल– १८३३
२१. राजुनाथ पाण्डे– १८१२
२२. रीमा विश्वकर्मा– १८१०
२३. असीम साह– १७२८
२४. खगेन्द्र सुनार– १७०८
२५. राजीव खत्री– १७०१
२६. समिक्षा बास्कोटा– १६९९
२७. गणेश कार्की– १६९३
२८. जगदिश खरेल (दोलखा)– १५१३
२९. लिमा अधिकारी– १५०४
३०. टीका संग्रौला– १४९०
३१. शंकर श्रेष्ठ– १४८४
३२. क्रान्तिशीखा धिताल– १४७९
३३. आशिका तामाङ– १४३०
३४. सुदीप ढकाल– १४२९
३५. अनुष्का श्रेष्ठ– १३५३
