काठमाडौं, २७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यको नामावली पुनः संशोधन गर्दै पूजा बास्तोलालाई हटाएको छ ।
रास्वपाको निर्वाचन आयोगका प्रमुख भुवन केसीले गण्डकी प्रदेशको केन्द्रीय सदस्य बास्तोलाको स्थानमा सोम शर्मालाई केन्द्रीय सदस्यका रूपमा समावेश गरिएको हो ।
यसअघि चितवनमा सम्पन्न रास्वपाको महाधिवेशनपछि प्रकाशित मतपरिणाम सच्याउँदै निर्वाचन आयोगले सोम शर्मालाई हटाएर पूजा बास्तोलालाई केन्द्रीय सदस्यमा समावेश गरेको थियो ।
तर, पछिल्लो संशोधनमा फेरि निर्णय परिवर्तन गर्दै बास्तोलालाई हटाइएको र सोम शर्मालाई नै केन्द्रीय सदस्यका रूपमा कायम गरिएको छ ।
