काठमाडौं, ३० असार । मधेश प्रदेका पूर्वप्रदेश प्रमुख राजेश अहिराज(राजेश झा) जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अहिराजलाई दोषी ठहर गरेको हो ।
इजलासले दोषी ठहर गरेपनि सजाय भने तोकेको छैन । सजायका लागि आगामी ३२ गते सजाय निर्धारणका लागि अर्को पेसी तोकिएको छ ।
