घट*ना घट्छ, प्रहरी तानिन्छ। फेरि अर्को घ*टना घट्छ, अर्को प्रहरी तानिन्छ। यही क्रम दोहोरिँदै जाने हो भने प्रश्न केवल एउटा अधिकारीलाई किन फिर्ता बोलाइयो भन्नेमा सीमित रहँदैन; प्रश्न उठ्छ हामी कस्तो प्रहरी संगठन निर्माण गर्दैछौँ ? आज फेरि सिमरा प्रहरी इकाइ कार्यालयका डिएसपीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको समाचार आएको छ। यो निर्णय सही वा ग लत भन्ने निष्कर्षमा पुग्नुअघि एउटा ग-म्भी’र प्रश्नमाथि नेपाल प्रहरीले आफैँभित्र बसेर सोच्नुपर्ने बेला आएको छ।
प्रहरीको काम कुनै एक व्यक्तिको व्यक्तिगत क्षमता, साहस वा विवेकले मात्र चल्ने होइन। प्रहरी एउटा संस्था हो, प्रणाली हो, कमाण्ड हो र सामूहिक जिम्मेवारीको संरचना हो। एउटा प्रहरी अधिकारीले गरेको कामको मूल्याङ्कन गर्दा उसको व्यक्तिगत भूमिकासँगै उसले काम गरेको परिस्थितिमा रहेको प्रणाली, आदेश, स्रोत–साधन, कमाण्ड संरचना र सामूहिक जिम्मेवारीलाई पनि हेर्नुपर्छ। घ-टना भयो भन्दैमा तत्कालै जिम्मेवार अधिकारीलाई ता!न्दै जाने परम्परा बस्यो भने त्यसको सबैभन्दा ठूलो असर घ*टनामा संलग्न अधिकारीमा मात्र पर्दैन; त्यसको छायाँ सम्पूर्ण प्रहरी संगठनमा पर्छ।
आज एउटा अधिकारीले सोच्न सक्छ— “मैले जो-खिम मोलेर निर्णय लिएँ भने भोलि जिम्मेवारी ममाथि नै आउने हो कि?” भोलि अर्कोले सोच्न सक्छ— “संवे-दनशील अवस्थामा अगाडि बढेर निर्णय लिनुभन्दा सुरक्षित भएर बस्नु नै ठीक होला।” र जब प्रहरी अधिकारीले जिम्मेवारी लिनुभन्दा जिम्मेवारीबाट जोगिन खोज्न थाल्छ, त्यहीँबाट संगठनको साहस कम-जोर हुन थाल्छ। प्रहरीको नेतृत्व भनेको केवल ग*ल्ती खोज्नु होइन, जिम्मेवारी बोक्ने मानिसको काँध बलियो बनाउनु पनि हो।
जिम्मेवारी वहन गर। ग!ल्ती भए जवाफदेही बन। तर सही काम गर्दा संगठन तिम्रो पछाडि उभिन्छ भन्ने विश्वास राख। यही विश्वासले प्रहरीको मनोबल बनाउँछ। आज नेपाल प्रहरीले ग*म्भी’र भएर सोच्नुपर्ने विषय यही हो— हामी प्रहरीलाई ग*ल्ती नगर्ने कर्मचारी बनाउँदैछौँ कि क-ठिन परिस्थितिमा पनि निर्णय लिन सक्ने जिम्मेवार प्रहरी अधिकारी बनाउँदैछौँ? घ’टना रोक्न नसक्नु एउटा कम-जोरी हुन सक्छ। तर घ*टना भएपछि जिम्मेवारीबाट सबैलाई पन्छाउँदै जानु अझ ठूलो संस्थागत कमजोरी बन्न सक्छ।
ग*ल्ती भएको छ भने निष्पक्ष छान-बिन होस्, प्रमाणका आधारमा दो*षीमाथि कार-बाही होस्। तर हरेक घ*टनाको तत्कालीन प्रतिक्रिया अधिकारी फिर्ता बोलाउने मात्र बन्यो भने त्यसले सुधारभन्दा बढी भय सिर्जना गर्न सक्छ। भ-यले प्रहरीलाई अनुशासित त बनाउन सक्छ, तर निर्भीक बनाउन सक्दैन। नेपाल प्रहरीलाई आज चाहिएको कुरा यही हो—घ’टना हुँदा व्यक्ति खोज्ने होइन, प्रणाली खोज्ने। कम-जोरी देखिँदा केवल अधिकारी खोज्ने होइन, कमाण्ड, संयन्त्र र कार्यप्रणालीको समीक्षा गर्ने। अनि ग*ल्ती गर्ने व्यक्तिलाई संरक्षण पनि नगर्ने र बिना पर्याप्त समीक्षा जिम्मेवारीमा रहेका अधिकारीलाई ब*लिको बो-को पनि नबनाउने। प्रहरी प्रधान कार्यालयले बीच–बीचमा अधिकारी ता*न्दै जाने हो भने एउटा ग*लत संस्कार संस्थागत हुन सक्छ। त्यसले फिल्डमा रहेका प्रहरीलाई एउटा अदृश्य सन्देश दिन सक्छ—“जोखिम लिएर काम नगर, निर्णय नगर, पछि जिम्मेवारी तिमीमाथि आउन सक्छ।”
तर प्रहरीको मूल चरित्र यसको ठीक विप-रीत हुनुपर्छ। कानुनको सीमाभित्र रहेर निर्णय गर। परिस्थितिको सामना गर।
जिम्मेवारी वहन गर। ग!ल्ती भए जवाफदेही बन। तर सही काम गर्दा संगठन तिम्रो पछाडि उभिन्छ भन्ने विश्वास राख। यही विश्वासले प्रहरीको मनोबल बनाउँछ। आज नेपाल प्रहरीले ग*म्भी’र भएर सोच्नुपर्ने विषय यही हो— हामी प्रहरीलाई ग*ल्ती नगर्ने कर्मचारी बनाउँदैछौँ कि क-ठिन परिस्थितिमा पनि निर्णय लिन सक्ने जिम्मेवार प्रहरी अधिकारी बनाउँदैछौँ? घ’टना रोक्न नसक्नु एउटा कम-जोरी हुन सक्छ। तर घ*टना भएपछि जिम्मेवारीबाट सबैलाई पन्छाउँदै जानु अझ ठूलो संस्थागत कमजोरी बन्न सक्छ।
त्यसैले अब प्रहरी प्रधान कार्यालयले प्रत्येक घ-टनापछि एउटा अधिकारी ता*न्ने अभ्यासभन्दा माथि उठेर प्रश्न गर्नुपर्छ— घ*टना किन भयो? प्रणाली कहाँ चु!क्यो? कमाण्ड कहाँ कम*जोर भयो? स्रोत–साधन पर्याप्त थिए कि थिएनन्? निर्णय प्रक्रिया कस्तो थियो ? र आगामी दिनमा त्यही घ*टना दोहोरिन नदिन के सुधार गर्ने? किनकि व्यक्ति फेरेर केही समयका लागि सम-स्या ढाक्न सकिएला, तर प्रणाली न’सुधारेसम्म सम*स्या फेरि फर्किन्छ।
नेपाल प्रहरीलाई बलियो बनाउने बाटो अधिकारी ता!न्दै जाने होइन; जिम्मेवारी लिने प्रहरीलाई संरक्षण, ग!ल्ती गर्नेलाई निष्पक्ष कार-बाही र सम्पूर्ण संगठनलाई प्रणालीगत सुधार दिने बाटो हो। आज सिमराको घ*टना एउटा कार्यालयको विषय मात्र नबनोस्। यो अवसर बनोस्—नेपाल प्रहरीले आफ्नै कार्यशैली, कमाण्ड संस्कृति र जिम्मेवारी निर्धारणको परम्परामाथि एकपटक ग*म्भीर आत्मसमीक्षा गर्ने। किनकि प्रहरीको मनोबल आदेशले मात्र बन्दैन; प्रहरीको मनोबल तब बन्छ, जब उसलाई विश्वास हुन्छ—
“म कानुनअनुसार सही निर्णय लिएर मैदानमा उभिँदा, मेरो संस्था मेरो पछाडि उभिन्छ।” नेपाल प्रहरीलाई आज यही विश्वास चाहिएको छ।
लेखक अवकाशप्राप्त एसपी हुन । उनी प्रहरी, सुरक्षा र समसामयीक विषयमा टिप्पणी लेख्छन ।
–नोटः यो सामाग्री रेग्मीको सामाजिक सञ्जालबाट लिइएको हो ।


