काठमाडौं, ६ भदौ । चालु आर्थिक वर्षको साउनमा रु एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा ३१.४ प्रतिशतले आयात वृद्धि भएको छ ।
गत आवको साउनमा रु एक खर्ब ४३ अर्ब चार करोड ६ लाख ६९ हजार मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो ।
साउनमा रु ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । गत साउनको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ६१.७२ प्रतिशतले बढेको छ । गत आवको साउनमा भने रु २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको भन्सार विभागले जनाएको छ ।


