काठमाडौं, ७ भदौ ।
एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय सचिवालयको निर्णयको विपक्षमा उभिएका छन् ।
पछिल्लो चुनावमा एमालेले ब्यहोरेको अकल्पनीय पराजयको समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव दिन केन्द्रीय सचिवालयबाट गठित कार्यदलले प्रतिवेदन बुझाउन ढिलाई गरिरहेकै बेला आईतबार ओलीले अहिले पार्टी पुनर्गठनको औचित्य र आवश्यकता दुवै नरहेको धारणा सार्बजनिक गरेका छन् ।
एमाले केन्द्रीय सचिवालयको १० जेठको बैठकले एमालेलाई वैचारिक, राजनीतिक, सांगठनिक र कार्यशैलीगत पुनर्गठनका लागि सुझाव दिन उपाध्यक्ष रामबहादुर थापा‘बादल’को नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदललाई २० असारभित्र प्रतिवेदन बुझाउन भनिए पनि डेढ महिना समयसीमा गुज्रिदाँ पनि बादलले कार्यदल बैठक राखेर प्रतिवेदन पारित गरी केन्द्रीय सचिवालयमा छलफलका लागि बुझाएका छैनन् ।
अनेमसंघ कोशी प्रदेशको सम्मेलनलाई आईतबार पार्टी कार्यालय च्यासलबाट भर्चुल सम्बोधन गर्दै ओलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा विगतमा २०१९, २०२८ र २०७७ सालमा मात्र पार्टी पुनर्गठन गरेको स्मरण गर्दै अहिले त्यस्तो आवश्यकता र औचित्य नरहेको स्पष्ट पारे ।
ओलीकै निर्देशनमा महासचिव शंकर पोखरेलले तयार पारेको प्रारम्भिक प्रतिवेदनलाई थापाले पुर्नलेखन गरिरहेको चर्चाबीच उनले पार्टी पुनर्गठनको आवश्यकता नै नरहेको प्रष्ट्याए । यद्यपि, पछिल्लो सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहित सचिवालयका बहुसंख्यक नेताहरु पार्टी पुनर्गठनका पक्षमा उभिएका थिए । तर, बहुसंख्यकको संस्थागत निर्णयलाई चुनौति दिँदै ओलीले पार्टी पुनर्गठन नै नहुने र आफूले पद नछोड्ने प्रष्ट सन्देश दिएका छन् ।
० विशेष महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद् बैठकको चर्चा पनि बेमौसमी बाजा’
० महासंकटमा पुनर्गठन हुन्छ, अहिले त्यस्तो संकट नै आएको छैन
अनेमसंघ कोशी प्रदेशको सम्मेलनलाई आईतबार पार्टी कार्यालय च्यासलबाट भर्चुल सम्बोधन गर्दै ओलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा विगतमा २०१९, २०२८ र २०७७ सालमा मात्र पार्टी पुनर्गठन गरेको स्मरण गर्दै अहिले त्यस्तो आवश्यकता र औचित्य नरहेको स्पष्ट पारे ।
अहिले पार्टी पुुनर्गठन शब्दको दुरुपयोग गरी अध्यक्ष हटाउने भनी चलाइएको हल्लाबाट किञ्चित भ्रममा नपर्न पनि उनले आग्रह गरे ।
‘कसैले पनि सीमाबाहिर गएर स्वेच्छाचारी ढङ्गले दृष्टिकोण राख्ने स्थिति हुनुहुँदैन, कुनै पनि विषयमा आफ्ना दृष्टिकोण राख्ने समय हुन्छ, नेतृत्वको विषयमा पनि आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने समय हुन्छ’, अध्यक्ष ओलीले भने । उनले पार्टीको विशेष महाधिवेशन वा प्रतिनिधि परिषद् बैठक बोलाउनुपर्ने बहसलाई पनि पनि ‘बेमौसमी बाजा’को संज्ञा दिए । पार्टीमा संस्थापन ईतर पक्षले पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन वा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिष्द भेलाका लागि हस्ताक्षर अभियान चलाउने तयारी गरिरहेका बेला ओलीले त्यस्तो संज्ञा दिएका हुन् ।
अहिले पार्टी पुुनर्गठन शब्दको दुरुपयोग गरी अध्यक्ष हटाउने भनी चलाइएको हल्लाबाट किञ्चित भ्रममा नपर्न पनि उनले आग्रह गरे ।
पछिल्लो निर्वाचनमा पार्टीले धक्का खाए पनि न्यायपूर्ण र सुखी समाज निर्माण गर्ने महान उद्देश्य बोकेको पार्टी एउटा निर्वाचनमा पराजित हुँदैमा आन्दोलन असफल र पराजित नहुने भन्दै उनले आत्मविश्वासका साथ अघि बढ्न पनि आग्रह गरे ।


