सिद्धान्तत हरेक मानिसहरु जस्तै प्रहरीहरु पनि समान हुन अर्थात महिला र पुरुष बराबरी हुन तर व्यवाहारमा भने आम रुपमा होस वा प्रहरी देखि अन्य राजकीय निकायमा काम गर्ने महिला र पुरुषकाबीच धेरै भिन्नता छ । एक त प्रकृतिले नै महिलाहरुलाइ पुरुषहरुलाइ भन्दा केहि विशिष्ट भूमिका दिएको छ , त्यसमाथि हाम्रो समाजमा अहिले पनि कतिपय दैनिक काम कारवाही (खाना बनाउने , सन्तानको दैनिकी व्यवस्थापन गर्ने लगायत अन्य थुप्रै ) को जिम्मेवारी मुलत महिलामा हुन्छ भन्ने व्यवहार गर्न छोडिएको छैन ।
उनीहरुको शरीरमा देखिने घाउ अनि हृदयमा नदेखिने अनेकन घाउहरु छन जसको लेखाजोखा अनिवार्य छ । सडकमा अपराधीको आक्रमणमा परेर घाइते भएकी प्रहरीको लागि न्यायको माग गर्दै गर्दा राज्यको निर्णायक ठाउँहरुमा रहेर अनेकन हिसावले महिलाहरुलाइ उचित अवसर र जिम्मेवारी नदिने मात्रै नभई योगदानले आर्जित अवसर बाट समेत बन्चित गर्ने सोच , प्रवृति र पात्रहरुको भण्डाफोर पनि अनिवार्य छ ।
पुरुषहरु सरह वा सो भन्दा धेरै भूमिका गर्नु पर्ने सरकारी वा निजि पेशामा रहेका महिलाहरुले पनि समाजले जवर्जस्ती महिलाले गर्नुपर्ने भन्ने मानक बनाएको काम गर्नु परेको पीडा आम महिलाहरुको जीवनको सत्यता हो भन्दा अन्यथा पक्कै हुँदैन होला । तर पनि अदम्य साहस , समर्पण र लगनशिलता बोकेका महिलाहरु घरदेखि समाज सम्म , अड्डा अदालतदेखि सेना प्रहरी सम्म अब्बलता पुर्वक काम गर्दै आएकै छन र तथ्यहरुले भन्छ आम रुपमा उनीहरु ज्यादा इमान्दार र परिणाममुखी छन ।
मंगलबार सडकमा ड्युटी गरिरहेकी महिला प्रहरी माथि अपराधिक हमला भएको दृश्यले मलाइ उपरोक्त सत्य लेख्न प्रेरित मात्रै गरेन बरु सार्वजनिक ओहोदामा बसेर अत्यन्त अब्बल काम गरेका वा गर्दै रहेका सम्मान योग्य महिलाहरुको सम्झना पनि दिलायो । तर दुःखका साथ भन्नुपर्छ कि त्यसो गर्दै गर्दा ज्यादातर रुपमा चाहिं मलाइ इमान निष्ठा र समर्पण सहित काम गर्ने महिलाहरुले योगदान अनुसारको सम्मान नपाएको सत्यताको ज्ञान पनि भयो ।
पदीय जिम्मेवारीमा सदैव पुरुषहरु समान वा सो भन्दा ज्यादा काम गर्दा गर्दै पनि अनेकन हिसावले अवसर बाट बन्चित गरिएका अनेकन उधाहरणहरुको सम्झना भयो । इमान्दारीपूर्ण रुपमा अब्बल भूमिका गर्दा गर्दै पनि अवसरहरुमा जानाजान अनदेखा गरिएका विडम्वनापूर्ण यथार्थहरुको सम्झना पनि भयो । अनि त्यस्ता अन्यायपूर्ण व्यवहार गर्नेहरुको भण्डाफोर अनि अन्यायमा परेकाहरुको यथोचित पक्षपोषण गर्न नसकेकोमा ग्लानी पनि भयो ।

धन्न मंगलबार सडकमा अराजक अपराधीको आक्रमण बाट घाइते भएकी ती प्रहरी जवानको अनुहारको घाउ त हामी सबैले देख्यौं अनि तिनको न्यायको आवाज पनि सशक्त रुपमै उठेको छ । त्यो एकदम राम्रो हो । यद्यपी विश्वास गर्नुस आफ्नो कर्तव्य गर्ने दौरानमा रगतपक्ष भएका महिला प्रहरीहरु मध्य आज घाइते प्रहरी पनि एक उदाहरण हुन । अनि दृश्यमा देखिने जस्तो घाउको पिडाको अलावा केवल महिला भएकै कारण अनदेखा गरिएको , इमान्दार भएकैले गर्दा पछाडी पारिएका थुप्रै महिलाहरु छन जसको संघर्ष र योगदानको चर्चा हुनु अनिवार्य छ ।
उनीहरुको शरीरमा देखिने घाउ अनि हृदयमा नदेखिने अनेकन घाउहरु छन जसको लेखाजोखा अनिवार्य छ । सडकमा अपराधीको आक्रमणमा परेर घाइते भएकी प्रहरीको लागि न्यायको माग गर्दै गर्दा राज्यको निर्णायक ठाउँहरुमा रहेर अनेकन हिसावले महिलाहरुलाइ उचित अवसर र जिम्मेवारी नदिने मात्रै नभई योगदानले आर्जित अवसर बाट समेत बन्चित गर्ने सोच , प्रवृति र पात्रहरुको भण्डाफोर पनि अनिवार्य छ ।
कर्तव्यमा डटीरहेको अवस्थामा घाइते भएकी ती महिला प्रहरीप्रति हृदयदेखि सम्मान गर्दै सलाम !
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।


