काठमाडौं, १० भदौ । रसुवामा गएको बाढीको उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट , युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी , धादिङ गुल्म , बिपद् ब्यबस्थापन बेश आदमघाट र नं.१७ गण चितवन बाट ठूलो संख्यामा सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो।
रसुवास्थित भोटेकोसी र त्रिशूली नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण उत्पन्न सङ्कट र तटीय क्षेत्रमा बढेको जोखिमका बारेमा छलफल गर्न प्रधानमन्त्रीले यो आकस्मिक बैठक आह्वान गरेका हुन्। बैठकमा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र क्षति न्यूनीकरणका लागि राज्यका सम्पूर्ण सुरक्षा निकाय तथा सरकारी संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा महत्त्वपूर्ण निर्णय गर्ने तयारी छ ।
आज भदौ १० गते बिहानदेखि आएको अप्रत्याशित बाढीले रसुवा र नुवाकोटमा क्षति पुर्याएको र यसको असर चितवनसम्म पर्न सक्ने बाढी पूर्वानुमान शाखाको चेतावनीपछि सरकारले उच्च सतर्कता अपनाउन यो कदम चालेको हो। बैठकले विपद् व्यवस्थापनका लागि आवश्यक थप रणनीति तय गर्ने अपेक्षा गरिएको छ।
नेपाल एपीएफ अस्पतालमा १ सय बेड र स्वास्थ्यकर्मीको टोलि तयारी हालतमा राखिएको छ ।सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्ट किर्तिपुरबाट ३ प्लटुन सुरक्षाकर्मी काठमाडौ स्थित एअरपोर्टमा तयारी अबस्थामा राखिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २० बिपद् उद्दार उपत्यका गण बाट ४५ जनाको टोलि नुवाकोटको लागि पठाइएको छ ।रसुवाको पछिल्लो विवरण प्राप्त भएको छैन ।


