काठमाडौं, २५ असोज ।
नेकपा एमालेको पहिलो स्थायी कमिटी बैठकमा पदाधिकारीहरुको भागवण्डामा केन्द्रीय सदस्य मनोनयन गरिएको छ । पदाधिकारीहरु अध्यक्ष केपी ओली, उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल, पीएस गुरुङ, महासचिव शंकर पोखरेल र सचिव महेश बस्नेतसम्मले भागवण्डा गरिएको छ ।
अध्यक्ष ओलीले एकलौटी गर्न खोजेपछि महासचिव र अन्य पदाधिकारीहरुले विरोध गरेका थिए । उपाध्यक्ष रामबहादुर थापाको तर्फबाट टंक आङबुहाङ, नवीन रोक्का, माधव नेपाल समूहबाट आएका धर्मनाथ प्रसाद साह, पीएस गुरुङको तर्फबाट मीनबहादुर गुरुङ, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको तर्फबाट तेजेन्द्र केसी, महेश बस्नेतको जोडबलमा डबल पाण्डे मनोनयन गरिएको छ ।
स्थायी कमिटी बैठकले पार्टीका अध्यक्ष पद रिक्त रहेका १३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रुपान्तरण गरी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउनुपर्ने निर्णय गरेको छ ।
मनोनयन हुनेहरुमा सिर्जना राई (भोजपुर) सचिव शेरधन राईको कोटा रहेको छ । सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया, विष्ट (कञ्जनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा.पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथ प्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम)लाई सचिव भानुभक्त ढकालको कोटामा मनोनयन गरिएको हो । टंक आङ्वोहाङ (ताप्लेजुङ), नविन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) मनोनयन गरिएको थियो ।


