काठमाडौं, १३ भदौ । त्रिशुलीको बाढीबाट जोगिएका पञ्चकन्या सेकेण्डरी स्कूलका विद्यार्थी र शिक्षकलाई ललितपुरको रिभाइभ लिजर पार्क होटलमा राखिएको छ । बुधबार विहान ८ बजे बट्टार बजारमा फूटसल खेल्न गएका उनीहरु त्यही विहान बाढी आएपछि अलपत्र परेका थिए । बाढीले त्रिशूली बजार सहित पुल बगाएपछि उनीहरु अलपत्र परेका थिए । अलपत्र परेका ७ जना छात्र,१० जना छात्रा र एक शिक्षकलाई बुधबार बेलुकी स्कूलले नै काठमाडौं ल्याएको थियो । काठमाडौ ल्याएपछि ललितपुरको महालक्ष्मीस्थानमा रहेको रिभाइभ लिजर पार्क होटल ,राखिएको र उनीहरुलाई खाने बस्ने तथा लता कपडाको व्यवस्था पनि होटलले गरेको सञ्चालक सुवास कार्कीले बताए ।
उनीहरुलाई स्कुलले नै पहल गरि रेक्सयु गरी बुधबार राति करिव ७ः३०मा काठमान्डै ल्याइयोको पनि सञ्चालक कार्कीले जानकारी दिए । उनका अनुसार ३ दिनदेखि होटलले सबै व्यव्स्थ्या गरि राखेको छ । ‘यहाँ आएका उनीहरुलाई खानेबस्नेको सबै व्यवस्था होटलले नै गरेको छ’, सञ्चालक कार्कीले भने ।





