भौतिक क्षेतिको दृष्टिले नेपालको इतिहासकै सबै भन्दा कालो दिन अर्थात भाद्र २४ २०८२ साल थियो । हो त्यो दिन इतिहासकै क्रुर हत्याको दोश्रो दिन थियो अर्थात देशमा भ्रष्टचार अन्त्य गराउँदै सुशासन स्थापना गर्ने हेतु शान्तिपूर्ण प्रदर्शनमा आएका जेन जी पुस्ताका दर्जनौं युवाहरुको निर्मम हत्या भएको भाद्र २३ को भोलि पल्ट ।
कतिपयले भाद्र २४ लाइ भाद्र २३ गते जेन जी युवाहरुको हत्याको आक्रोशको परिणाम भनेर भन्छन तर त्यो हैन , हुँदै हैन । जसले जे भनोस देशलाइ राम्रो बनाउनु पर्छ भन्दै शान्तिपूर्ण प्रदर्शन गर्न आउँदा ज्यान गुमाउने शहिद हुन वा उनीहरुको आफन्त हुन वा उनीहरु जस्तै असल मनसायका अरु कोहि युवा हुन उनीहरुले देश खरानी पार्ने कुरा कल्पना गर्न सक्ने कुरै थिएन ।
त्यसैले भाद्र २४ गतेको विध्वंश र भाद्र २३ को नरसंहार एक अर्का संग जोडिएका जरुर छन तर भाद्र २३ गते जेन जी युवाहरु शहिद भएकोले मात्रै भाद्र २४ को विध्वंश भएको हुँदै हैन किन कि शान्तिपूर्ण प्रदर्शन गर्ने युवा युवती र तिनका माहान आफन्त र अभिभावकले आतंककारी हर्कत गर्न सक्दैनन । तसर्थ भाद्र २४ गते नेपालको इतिहासमा नेपाली अनुहार भएका आतंककारीहरुले देशमा गराएको आतंककारी हमला हो ।
कृपया जेन जीको नाम लाइ यस्तो आतंककारी काम संग जोडदै नजोडनु होला । भाद्र २४ गते जे भयो त्यो आतंकवाद हो , संलग्नहरु आतंककारी हुन र भाद्र २४ को सम्झना संग जेन जी , आन्दोलन वा अन्य कुनै सकारात्मक कुरा जोडन मिल्दैन , जोडन हुँदैन । त्यो दिनको सम्झना खरानी दिवसकै रुपमा हुनुपर्छ ।
त्यसैले भनौं “महान जेन जी शहिदहरु अमर रहुन , तिनका नाममा देश जलाउने आतंककारी आजीवन जेल परुन !”
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।


