काठमाडौं, २७ असोज ।
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)भित्र सामाजिक लफंगाहरुको बोलवाला बढेको संकेत गरेका छन् ।
रास्वपाका सांसद खगेन्द्र सुनुवारको एक पूर्व प्रदेश राज्यमन्त्रीसँगको विवादस्पद अडियो प्रकरण सामाजिक सञ्जालमा भाइरल हुँदै गएको सन्दर्भलाई लक्षित गर्दै भट्टराईले त्यस्तो संकेत गरेका हुन् ।
पपुलिजम र नकरात्मकतावादबाट उदय भएको शक्तिभित्र सामाजिक लफंगाहरुको बोलवाला कायम भइरहे राजनीतिक अपराधिकरण बढ्ने र त्यसले सभ्यता तथा संस्कृतिलाई नै ध्वस्त बनाउनसक्नेप्रति सचेत बन्न सबैलाई अपिलसमेत गरेका छन् ।
‘“पपुलिजम” र नकारात्मकतावादबाट उदय भएको शक्तिले वैचारिक राजनीतिको खुट्टा नटेक्दा आफैभित्र सामाजिक लफंगाहरूको बोलवाला कायम हुन्छ । र अन्तत राजनीतिक अपराधिकरण मार्फÞत सामाजिक आतंक मच्चाइने छ अनि सभ्यता र संस्कृतिलाई ध्वस्त गरिने छ । सचेत बनौ ।’ भट्टराईले सामाजिक संजालमा टिप्पणी गरेका छन् ।



