काठमाडौं, १३ कात्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ समेतको प्रभावले गएरातिदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात भइरहेको छ।
नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा कोसी, बागमती र मधेस प्रदेशका धेरै स्थानमा मध्यम वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ।

मौसम महाशाखाले आज शुक्रबार बिहान ८ बजे अपडेट गरेको बुलेटिनअनुसार चक्रवात ‘अर्नब’को प्रभाव आज कात्तिक १३ गते र भोलि १४ गते शनिबार अपराह्नसम्म रहने सम्भावना छ। त्यसपछि वर्षा क्रमिक रूपमा कम हुँदै जाने सम्भावना छ।
हाल देशभर साधारणतया बादल लागेको छ भने कोसी, बागमती र मधेस प्रदेशका धेरै स्थानमा मध्यम तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आजदेखि ५ दिनसम्मको मौसम प्रक्षेपण यस्तो छ-
२०८३ कार्तिक १३ गते (शुक्रबार)
दिउँसो : देशभर अधिकांश बादल लाग्नेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपात सम्भावना छ।
राति : देशभर अधिकांश बादल लाग्नेछ। देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका थोरै स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।
२०८३ कार्तिक १४ गते (शनिबार)
दिउँसो : कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ भने सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान,तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपात सम्भावना छ।
राति : देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
२०८३ कार्तिक १५ गते (आइतबार)
दिउँसो : देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
राति : देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोचहरूमा बिहानीपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ कार्तिक १६ गते (सोमबार)
देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भूभाग,उपत्यका तथा खोचहरूमा बिहानीपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ कार्तिक १७ गते (मंगलबार)
देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोचहरूमा बिहानीपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ

