काठमाडौं, १९ कात्तिक ।
प्रधानमन्त्री भएको करिब आठमहिनापछि वालेन्द्र शाहले मुलुकको शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग पहिलो पटक ब्रिफिङ लिएका छन् । विहिबार विहान ११ बजेदेखि १ बजेसम्म प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा अंगका प्रमुखसँग शान्ति सुरक्षाबारे ब्रिफिङ लिएका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर ा समग्र शान्ति–सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका थिए । आठ महिनासम्म सामूहिक भेट र ब्रिफिङ नलिएका प्रधानमन्त्रीले मनोज केसीलाई आइजीपी बनाउने वित्तिकै सिंहदरबार बोलाएका थिए। ‘तीन वटै सुरक्षा निकायमा प्रमुखलाई ब्रिफिङका लागि बोलाइएको थियो तयारी थोरै भयो तर आवश्यक जानकारी गराइयो’, नेपाली सेनाका एक अधिकारीले भने ‘प्रधानसेनापतिसहित दुई आइजीपी पनि सहभागी भएकाले ब्रिफिङ सहज भयो ।’
प्रधानमन्त्रीले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले पठाएको समाचारमा उल्लेख छ।


