काठमाडौं, २० कात्तिक । निजी तस्बिर र भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक गरी चरित्रहत्या गर्ने र ब्ल्याकमेलिङ गर्ने दुईजनालाई साइबर ब्युरोले पक्राउ गरेको छ।
प्रेम सम्बन्धमा रहँदा खिचेका तस्बिर र भिडियो टेलिग्रामबाट सार्वजनिक गरी चरित्रहत्या गरेको आरोपमा ब्युरोले इलामको, माई नगरपालिका– १ का २९ वर्षीय विकल्प राईलाई बिहीबार ठमेलबाट पक्राउ गरेको हो।
त्यसैगरी, सामाजिक सञ्जाल एक्समार्फत पीडितको अश्लील भिडियो र तस्बिर सार्वजनिक गर्ने धम्की दिई चरित्रहत्या गरेको आरोपमा सिन्धुपाल्चोकको लिसंखुपाखर– ५ का ३० वर्षीय सुजन पाण्डे पक्राउ परेका हुन्।
काठमाडौं जिल्ला अदालतबाट राईलाई पाँच तथा पाण्डेलाई चार दिन थप गरेर थप अनुसन्धान अघि बढाएको ब्युरोले जनाएको छ।


