काठमाडौं, २१ कात्तिक । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढीको विपदमा परी बेपत्ता भएका २२९४ नेपाली र १७१ विदेशी नागरिकको नामावली सार्वजनिक गरेको छ। शनिबार प्राधिकरणले सूचना जारी गर्दै सार्वजनिक विवरणमा कुनै त्रुटि भए सच्याउन, थपघट गर्न वा दाबी पेश गर्न ७ दिनको समय दिएको जनाएको छ।
७ देशका विदेशी नागरिकतर्फ मलेसिया र युक्रेनका ५४/५४ जना,अस्ट्रेलियाका ३३, रुसका ११, दक्षिण कोरियाका ९, जर्मनीका ८ र इटालीका २ जना बेपत्ता रहेको प्राधिकरणको भनाई छ।
प्राधिकरणका अनुसार ३२ जिल्लाबाट प्राप्त विवरणमध्ये सबैभन्दा बढी रसुवाका १ हजार ५३८ र सिन्धुपाल्चोकका २१९ जना बेपत्ता रहेका छन्। प्राधिकरणका अनुसार रसुवा १५३६ जना, सिन्धुपाल्चोक २१९ जना, बर्दिया ७४ जना, जुम्ला ६३ जना, कैलाली ५१ जना, सप्तरी ५१ जना, दाङ ३८ जना, रामेछाप ३७ जना, सिन्धुली ३७ जना, काभ्रेपलाञ्चोक ३५ जना, उदयपुर १७ जना, नवलपरासी पूर्व १७ जना, बागलुङ १६ जना, डडेल्धुरा १५ जना, ललितपुर १४ जना, नवलपरासी पश्चिम ११ जना, महोत्तरी ९ जना, स्याङ्जा ८ जना, कपिलवस्तु ६ जना, कालिकोट ६ जना, खोटाङ ६ जना, भोजपुर ४ जना, रुकुम (पूर्वी भाग) ४ जना, बाजुरा ३ जना, संखुवासभा ३ जना, सर्लाही ३ जना, अछाम २ जना, जाजरकोट २ जना, ताप्लेजुङ २ जना, धनकुटा २ जना, तेह्रथुम १ जना बेपत्ता रहेका छन्।
सूचीमा समावेश व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति वा निजको एकाघरका परिवारले सात दिनभित्र स्थानीय तह, जिल्ला प्रशासन कार्यालय वा प्राधिकरणमा दाबी पेश गर्न सकिने प्राधिकरणले जनाएको छ।


