काठमाडौं, २ मंसिर । नेपाल प्रहरीका एसपीसहित डीएसपीहरूको जिम्मेवारी हेरफेर गरिएको छ । प्रहरी महानिरीक्षक डा. मनोज केसीले तीनजना एसपीसहित आठ जना डीएसपीको काज सरुवा गर्ने निर्णय गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखामा कार्जी कुमार आचार्यलाई ल्याइएको छ। उक्त शाखामा कार्यरत निरञ्जन दत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा काज सरुवा गरिएको छ।
त्यस्तै, एसपी सुदीप पाठकलाई प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्युरोमा सरुवा गरिएको छ।
डीएसपीतर्फ केन्द्रीय लेखामा विश्वराज अधिकारी, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा तर्कराज पाण्डे र कर्मचारी प्रशासन शाखामा दानबहादुर थापालाई ल्याइएको छ।
कर्मचारी प्रशासन शाखामा कार्यरत मदक कुँवरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। प्रबन्धमा कार्यरत प्रकाश थापालाई पहरा गण र केन्द्रीय लेखा प्रमुख शेखरजंग मल्ललाई सुरक्षा सेवा व्यवस्थापन महाशाखामा पठाइएको छ।
यसैगरी, अछाममा कार्यरत डीएसपी पविन्द्र बमलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । इलाका प्रहरी कार्यालय दमकमा कार्यरत डीएसपी हरि बस्नेतलाई सर्वोच्च अदालतस्थित सुरक्षा कार्यालयमा जिम्मेवारी दिइएको छ ।


