काठमाडौ, ४ मङ्सिर ।
नेपाली काङ्ग्रेसको सस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८३ मंसिर ८ गते मंगलबार दिनको १ः०० बजे केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ ।” कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले प्रेस नोटमा भनेका छन ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको नोटमा उल्लेख छ ।


