काठमाडौं, ११ मङ्सिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले हालै गरेको भारत भ्रमणबाट कुनै पनि ठोस उपलब्धि नभएको टिप्पणी गरे ।
‘विगतमा भारत भ्रमणमा जाँदा प्रधानमन्त्रीले राष्ट्रपति, विपक्षी दल, विज्ञ, पूर्व प्रधानमन्त्रीसँग परामर्श गरेर मात्र प्रधानमन्त्रीले सिंगो देशको प्रतिनिधित्व गरेर भ्रमणमा जाने अभ्यास थियो, तर उहाँले कसैसँग सुझाव लिन आवश्यक ठान्नुभएन, त्यसैले उहाँको भ्रमणलाई देश र जनताको समर्थन नभएकाले त्यो उहाँको निजी भ्रमण थियो, राजकीय जस्तो थिएन’ ओलीले भने,‘त्यसकारण निजी भ्रमणमा केहीपनि उपलब्धि भएन, भित्रभित्रै केही भएको भए हामीलाई थाहा भएन ।’ भ्रमणबाट केही पनि उपलब्धि नभएको भन्ने कुरा प्रधानमन्त्री नेपाल नफर्किदैं भारतले जारी गरेको वक्तव्य र भारतीय विदेश सचिवको प्रतिक्रियाले नै प्रष्ट पारेको ओलीको भनाई थियो । भारतीय विदेश सचिवले सीमा समस्याबारे कुनै छलफल नभएको भन्दै लिपुलेकको विषय चीन–भारतको सवाल भएको बताएका थिए ।
‘महानगरको मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने तर भारत गएको बेला त्यही नक्सा राखेर कुरा गर्नु पर्दैन रु भारतले इपिजे प्रतिवेदन अस्वीकार गरे पनि नेपालले कुरा राख्नुपर्थ्यो, के त्यो नेपालको प्रधानमन्त्रीका लागि विगतको बोझ हो र रु’ ओलीले प्रश्न गरे ।

Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

Previous Articleपूर्वमुख्यसचिव एकनारायण अर्यालको घरमा छापा
Next Article संघ र प्रदेशको चुनाव मङ्सिरमै गर्न ओलीको प्रस्ताव
