काठमाडौं, असोज १०।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक आइतबारका दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो।
जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएको थियो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका हुने छ।
बैठकका एजेन्डा भने खुलाइएको छैन। जेनजी आन्दोलनपछि कांग्रेसले पहिलो पटक बैठक बोलाएको हो।
महामन्त्री गगन थापा लगायतका नेताहरुले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर संकलन गरिरहेका बेला आह्वान भएको बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ।
