काठमाडौं, असोज १९
विपद्का घटनामा परी देशभर ४९ जनाको मृत्यु भएको छ। पछिल्लो दुई दिनमा बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी २० जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
विपद्का घटनामा परी ७ जना बेपत्ता भएका छन्। त्यस्तै बाढीपहिरोबाट इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ।
बाढीपहिरोमा परी रौतहटमा तीन, उदयपुरमा दुईको मृयु भएको छ भने रसुवामा चार र काठमाडौंमा एक जना बेपत्ता भएका छन्।
यस्तै पाँचथरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
