काठमाडौं, असोज १९
सरकारले देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्बाट प्रभावित जनतालाई तत्काल राहत, उद्धार र पुनःस्थापनाका कार्यमा तीव्रता ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
२०८२ असोज १९ गते आइतबार बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टले हालसम्मका घटनाबाट दुःख पाएका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रका जनताको स्वास्थ्य, आवास र अत्यावश्यक सेवामा ध्यान दिन आदेश दिएको हो।
बैठकका मुख्य निर्णयहरूमा प्रभावित परिवारलाई तत्काल राहत र आवश्यक सामाग्री उपलब्ध गराउने, उद्धार तथा पुनःस्थापना कार्यलाई निरन्तरता दिने, साथै जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि आवश्यक जानकारी संकलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पठाउने व्यवस्था गरिएको छ।
त्यसका साथै अवरुद्ध सडकहरू तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन सडक विभागलाई, तथा टेलिफोन, बिजुली र खानेपानीजस्ता अत्यावश्यक सेवा निरन्तर गर्न सम्बन्धित सेवा प्रदायक संस्थालाई निर्देशन दिइएको छ।
सरकारले काठमाडौँ भित्र र बाहिर सवारी साधन सञ्चालनमा रोक लगाइएका स्थानहरूको सूचनालाई अद्यावधिक गर्न र वैकल्पिक यातायात मार्गहरूको व्यवस्था मिलाउन पनि सम्बन्धित निकायलाई आग्रह गरेको छ।
बैठकले स्थानीय तह, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र अन्य गैरसरकारी संस्थाहरूबीच समन्वय गरी विपद् प्रतिकारमा प्रभावकारी ढङ्गले जुट्न निर्देशन दिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
मनसुनजन्य विपद् पुनःस्थापनाका कार्यमा तीव्रता ल्याउन निर्देशन
Previous Articleविपद्का घटनाबाट देशभर ४९ जनाको मृत्यु
