काठमाडौं, असोज १९
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोले जनजीवन प्रभावित बनेको छ। नेपाली सेनाले अन्य सुरक्षा निकाय तथा स्थानीय समुदायको सहयोगमा देशभर जारी उद्धार अभियानमा तीव्रता दिएको छ। मिति २०८२ असोज १९ गते बेलुकी ६ बजेसम्म सेनाद्वारा गरिएको उद्धार कार्य अनुसार, झापा, मोरङ र इलाम जिल्लामा सयौं नागरिकलाई सुरक्षित स्थानमा पु¥याइएको छ।
मोरङः
कटहरी गाउँपालिका–४ नयाँबजारस्थित लोहन्द्रा खोलामा आएको बाढीका कारण सुकुम्बासी टोल डुबानमा परेको थियो। उक्त क्षेत्रबाट शिवदल गणको टोलीले ६ जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको नेपाली सेनाले जनाएको छ।
झापाः
झापा गाउँपालिका–१ मिलनबस्तीमा बाढीले डुबान ल्याउँदा ८८१५ जना स्थानीय (१० पुरुष र ५ महिला)८८लाई अरिदमन गणबाट खटिएको टोलीले मोटरबोट प्रयोग गरी उद्धार गरेको हो।
त्यसैगरी, सोही क्षेत्रमा माई खोलाले हुलाकी राजमार्ग कटान गर्दा करिब ७०–८० जना व्यक्ति फसेका थिए। उक्त स्थानमा काठमाडौंबाट पठाइएको सेनाको हेलिकोप्टर, आवश्यक उपकरण र दक्ष जनशक्तिसहित उद्धारमा खटिएको छ। हालसम्म १६ जनाको हवाई उद्धार र २० जनाको मोटरबोटमार्फत उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएको छ। बाँकी व्यक्तिहरुको उद्धार कार्य पनि निरन्तर भइरहेको सेनाले जनाएको छ।
त्यस्तै, झापा गाउँपालिका–२ सडक बस्ती र वडा नं. ६ स्वर्णमति युवा टोलमा डुबानमा परेका ८८२४ जना स्थानीय (१३ महिला र ११ पुरुष)८८लाई पनि अरिदमन गणले सकुशल उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ।
इलामः
इलाम नगरपालिका–६ घोस इलाकामा पहिरोमा पुरिएका व्यक्तिहरुको खोज तथा उद्धार कार्यमा रणशार्दुल गण खटिएको छ। सेनाले ५ जनाको शव फेला पारेको र १ जनालाई जीवितै उद्धार गरी जिल्ला अस्पताल इलाम पठाइएको जनाएको छ।
सेनाले अन्य प्रभावित क्षेत्रहरूमा पनि उद्धार, राहत र सहायताका कार्य निरन्तर जारी रहेको बताएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
अविरल वर्षाका कारण प्रभावित क्षेत्रहरूमा सेनाद्वारा व्यापक उद्धार अभियान
Previous Articleमनसुनजन्य विपद् पुनःस्थापनाका कार्यमा तीव्रता ल्याउन निर्देशन
