काठमाडौं, असोज २०
नेकपा (माओवादी केन्द्र) का पूर्व अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी सक्रियताका साथ निर्वाचनमा हुने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सोमबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो पार्टी घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको बताए।
‘हामी कसरी अघि बढ्नुपर्छ भन्ने कुरामा हाम्रो केन्द्रीय समितिको बैठकबाट निर्णय गरिसकेका छौँ,’ उनले भने, ‘घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ ।’
अन्य राजनीतिक दलहरूसँग पनि कुराकानी भइरहेको र केही समयपछि त्यसको परिणाम देखिने उनले बताए ।
