काठमाडौं । जेनजी आन्दोलनले सत्ता पलट हुदा पनि पार्टी र सरकार दुवैतिर नेतृत्व गरिरहेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य नेतृत्वका रुपमा अझै कमजोरीप्रति आत्मालोचना गरेका छैनन् । नत उनले अहिलेसम्म नैतिक जिम्मेवारी लिएर नेतृत्व हस्तान्तरण र रुपान्तरणको संकेत नै गरेका छन् ।
उनकै कारण एमाले नेता–कार्यकर्ता सबैतिरबाट आलोचनाको तारो बनिरहे पनि सचेत पार्टीपंक्तिले सामाजिक संजाल र अन्य माध्यमबाट गरिरहेको संगठित प्रतिवादले मुलुकलाई विदेशी क्रिडास्थल बनाउने षड्यन्त्र क्रमश: भण्डफोर हुँदै गएको छ । यी सबै कारणले क्रमश: जनमत लोकतन्त्र र दलहरुप्रति उत्साहजनक रुपमा फर्किदैं छ भने जेनजीलाई मोहरा बनाउँदै गरिएका मानवताबिरोधी अपराध र षड्यन्त्र गर्नेहरुतिर आलोचना केन्द्रीत हुँदै गइरहेको छ ।
पार्टीलाई पुर्नजागृत गर्न ओलीको विदाइसँगै ७० वर्षे उमेर हद र पार्टी नेतृत्वमा दुई कार्यकालको व्यबस्था कायम गरेर जानुपर्ने प्रस्ताव गरिएको छ
देशविरुद्धको षड्यन्त्रलाई प्रहरीसहितका सबै सुरक्षा अंग, कर्मचारीदेखिदेखि देशका सबै शिक्षित नागरिक सचेत बनेर स्वतस्र्फूत प्रतिवाद गर्दै जाने मुडमा देखिएपछि ओलीले उत्साहित भएर पद नछोड्ने हठमा दिनहु अनेक तानाबाना बुनिरहेको अनुमान गर्न थालिएको छ ।
ओलीको वैचारिक अडान मूलत: ठीकै भए पनि पार्टी संचालनको निरंकुश र असहिष्णु शैली, सधैभरी बदलावको भावना, सकारात्मक आलोचनालाई पनि ग्रहण नगर्ने जस्ता प्रवृत्तिका कारण राजीनामा दिएर विकल्प खुल्ला नगरेसम्म एमाले समाप्त हुने भन्दै पार्टीभित्र अनेक कोणबाट बहस तात्दै गएको छ ।
आगामी २७ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा ओलीको राजीनामा र अबको बाटोलगायतका विषय केन्द्रीत छलफलको सम्भावना बढिरहेकै बेला एमालेलाई बचाएर देशकै पहिलो पार्टीका रुपमा पुनस्र्थापित गर्ने उद्देश्यले ९ बुँदे नेतृत्व हस्तान्तरण र पुनर्गठनको बहस फैलिदैं गएको छ । सामाजिक संजाल र स–साना कोर छलफलमार्फत सचेत कार्यकर्ताहरुले बुँदा नै प्रस्तुत गरेर पार्टी पुनर्गठनका लागि दबाब बढाइरहेका छन् ।
बहस भइरहेको पहिलो बुँदामा पार्टीलाई पुर्नजागृतका लागि नेता–कार्यकर्ताको बोली–कार्यशैलीमा व्यापक सुधार प्रस्ताव गरिएको छ भने ओलीको बिदाईसँगै ७० वर्षे उमेर हद र पार्टी नेतृत्वमा दुई कार्यकालको व्यबस्था कायम गरेर जानुपर्ने प्रस्ताव गरिएको छ ।
‘सेप्टेम्बर बिद्रोहलाई पूर्णतया विदेशी षड्यन्त्र र घुसपैठका रुपमा मात्र बझ्नु एमालेसहित पुराना दलहरुको सर्बथा गलत दृष्टिकोण हो । जो जसले इन्जेक्ट गरेको भए पनि सडकमा सरकार बिरोधी नारा लगाउने लाखौ मानिस नेपाली नै थिए । तसर्थ, आफ्ना गल्ती कमजोरीहरुको सुधारको सुरुवात मूल धारका नेताहरुको स्वभावमा रहेको घमण्ड, अहंकार र छुद्र शैली हटाएर गर्नुपर्छ । कार्यकर्ता र नागरिकले गर्ने खबरदारी र आलोचनालाई ग्रहण गर्ने, शान्तिपूर्वक रेसपोन्स गर्ने । मिडियाले प्रस्तुत गरेका नियोजित कथ्यहरु उपर प्रमाण र तथ्यसहित स्पष्टिकरण दिने कार्यमा विशेष ध्यान दिनुपर्छ ।’ बहस चलिरहेको पहिलो बुँदामा भनिएको छ ।
यस्ता छन्, नयाँ राजनीतिक परिवेशमा एमालेको रुपान्तरणको एजेण्डाहरु (जस्ताको तस्तै):


