काठमाडौं,असोज २२ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतलाई साइबर अपराधको कसुरमा प्रहरीले लिखित बयान लिएको छ । नेपा प्रहरीको केन्द्रीय साइबर ब्यूरोले आफ्नै कार्यालयमा डेढ घण्टासम्म लिखित बयान लिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनपछि ब्यूरोले नेता बस्नेतलाई बयानका लागि बोलाएको थियो ।
प्रहरीले बयानका लागि बोलाएपछि बुधबार बिहान ब्यूरोको कार्यालयमा उपस्थित भएर लिखित बयान दिएका थिए । उनी बाहिरिएपछि पत्रकार सम्मेलन गर्ने भन्दै सामाजिक सञ्जालमा सूचना राखेका थिए ।
