काठमाडौं, असोज २३
एमालेभित्र नेतृत्वको बहस उठिरहेका बेला तल्लो तहबाट केपी ओलीलाई सम्मानजनक अभिभावकको भूमिका रहन आग्रह गरिएको छ । एमालेका जिल्ला, प्रदेश तथा जनवर्गीय संगठनहरुले ओलीलाई अभिभावक, इश्वर पोखरेललाई भावी राष्ट्रपति, शंकर पोखरेललाई अध्यक्ष, योगेश भट्टराई महासचिव बनाउन आग्रह गर्दै छलफल थालिएको छ । ‘हामी संकटको घडीमा छौं । गोदावरी विधान अधिवेशन सकिएको दोस्रो दिनको पनि हामीले अनुमान गर्न सकेनौ, अब पार्टीलाई युवाहरुको नेतृत्वमा अघि बढाउनुपर्छ’, जिल्ला कमिटीहरुमा यस्तो बहस हुन थालेको एक नेताले जनाएका छन् ।
ती नेताका अनुसार पार्टीलाई पुर्नगठन गर्नका लागि ७ वटा बुँदामा छलफल थालिएको छ ।
१. केन्द्रिय कमिटीको बैठकबाट केपी ओलीले विदा लिने र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई संयोजक बनाएर एघारौं महाधिवेशनको आयोजक कमिटी बनाउने र मंसिरमा अधिवेशन गर्ने ।
२. अधिवेशनबाट अध्यक्षमा शंकर पोखरेल र महासचिवमा योगश भटराई तथा विष्णु पौडेल, सुरेन्द्र पाण्डे, प्रदिप ज्ञवाली, लेखराज भट्ट, पद्मा अर्याललाई उपाध्यक्ष बनाउने । अहिलेका बाँकी उपाध्यक्षहरुलाइै विदा गर्ने उपमहासचिवमा गोकर्ण विष्ट, रघुविर महासेठ ल्याउने ।
३. पुराना सचिवहरु मध्ये छविलाल विश्वकर्मालाई यथावत सचिव र बाँकी नयाँ युवा प्रदेश नछुटने गरी बनाउने । एकजना थप महिला पनि ल्याउने ल्याउने गरि सचिवहरु बनाउने ।
४. ईश्वर कमरेडलाइ पछि राष्ट्रपति बनाउने गरि महाधिवेशनबाट विदा गर्ने ।
५. अहिलेका समााजको मनोविज्ञान र पछिल्लो विज्ञान र प्रविधिले ल्याएको परिवर्तलनले ल्याएको श्रम सम्बन्ध र उत्पादन सम्बनध र नयाँ पुस्ताकको मनोविज्ञनलाइ सम्बोधन गर्दै नीतिगत र सांगठनिक सुधारको प्रस्ताव सहित निर्णायक शक्ति निर्माणको कार्यभार महधिवेशबाट परित गर्ने ।
६. सबै तल्ला कमिटीहरुलाई आयोजक कमिटीमा रुपान्तरण गर्ने र महाधिवेशनको मर्म बमोजिम अधिवेशन र नेतृत्व चयन गर्ने ।
७. युवाको विचमा संगठन निर्माण र युवाहरुको कमिटीमा प्रतिनिधित्वलाई सुनीश्चितता गर्दै नीति संगठन निर्माण गर्ने । विवादमा आएका र अनुहारमा दाग लागेकालाई मुख्य पदहरुमा नराख्ने र निर्वाचनमा टिकट नदिने । निर्वचनको टीकट दिंदा पार्टी योगदान सम्बधित पदका लागि ब्यक्तिगत क्षमता र जनतामा उसको छवि परिक्षण गर्ने विधि बनाएर मात्र टिकट बितरण गर्ने ।
