काठमाडौं, असोज २४
काठमाडौं जिल्ला प्रशासन कार्यालयले नेकपा एमालेको युवा संगठनलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको छ ।
युवा संघले आगामी शनिबार काठमाडौंमा मोटरसाइकल र्याली गर्ने योजना बनाएको थियो। तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भने, कुनै पनि समूह वा संगठनलाई र्याली, जुलुस वा सभा आयोजना गर्न अनुमति नदिइएको स्पष्ट पारेका छन्।
युवा संघले असोज २३ र २४ को घटनापछि आफ्नो शक्ति प्रदर्शन गर्ने गरेर मोटरसाइकल र्याली गर्न खोजेको थियो ।
