काठमाडौं, असोज २६
राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। शनिबार स्वास्थ्यमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।
डाक्टरहरूको निगरानीमा केही समय राखिएपछि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको र आइतबार बिहान डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ।
शनिबार बिहानै स्वास्थ्यमा असहजता देखिएपछि तय भएको राष्ट्रपति–जेनजी सम्वाद पनि स्थगित गरिएको थियो। अब सो छलफल सोमबारका लागि सारिएको छ।
राष्ट्रपति पौडेल पछिल्लो समय कार्यभारका कारण बढी व्यस्त हुँदै आएका थिए। चिकित्सकले नियमित विश्राम र स्वास्थ्य परीक्षणमा ध्यान दिन सुझाव दिएका छन्।
