काठमाडौं, असोज २६
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सचिव योगेश भट्टराइले राजिनामा मागेका छन् । उनले आइतबारको बैठकमा अध्यक्ष ओलीलाई मार्ग प्रशस्त प्रस्ताव गरेका थिए । यसमा गोकर्ण विष्टले पनि साथ दिएका थिए । ओलीले इतिहासमा केही मानक निर्माण गरेको र त्यसलाई स्थापित गराउन पनि सम्मानजनक निकासको मार्ग प्रशस्त गर्नुपर्ने भट्टराइले प्रस्ताव गरेका थिए ।
‘तपाईंले केही मानक निर्माण निर्माण गर्नुभएको छ । राष्ट्रियताको अडानमा, मेघा पूर्वाधारहरूमा, अन्तर्राष्ट्रिय मञ्चहरूको प्रतिनिधित्वहरूमा तपाईंले मानक निर्माण गर्नुभयो,’ भट्टराईले भनेका थिए, ‘अब तपाईं आफ्नो भूमिका बदल्ने टर्निङ प्याइन्टमा हुनुहुन्छ ।’
माओवादी द्वन्द्वबाट उत्पन्न समस्याहरू अझै हल हुन बाँकी रहेको, देशभित्रै राष्ट्रिय एकताका निम्ति काम गर्नुपर्ने गर्नपर्ने जस्तो आवश्यकता औल्याउँदै ओलीलाई ‘लिडर अफ रिकन्सिलेसन’ बन्न भट्टराईले आग्रह गरेका थिए ।
तर पार्टीको नेतृत्व भने छोड्न उनको आग्रह थियो । ‘पार्टीको नेतृत्व हामीलाई छोडिदिनुस्, हामी चलाउँछौं । तपाईँको सल्लाह लिएरै चलाउछौं,’ भट्टराईको प्रस्ताव थियो ।
