काठमाडौं, असोज २७
हमासले नेपालका विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो ।
इजरायली सेनाका अनुसार, रेडक्रसका गाडीहरूको एक कनभोय अहिले दक्षिणी गाजा पट्टीतर्फ प्रस्थान गरेको छ, जहाँ हमासबाट चार बन्धकका शवहरू हस्तान्तरण गरिनेछ।
इजरायल टाइम्स पत्रिकाका अनुसार हमासले इ इलौज,योस्सी शराबी,बिपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो ।
रेडक्रसले ती शवहरूलाई गाजामै रहेका इजरायली सैनिकहरूलाई हस्तान्तरण गर्नेछ। त्यहाँ एक सैनिक रब्बीको नेतृत्वमा सानो श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ। सेना अनुसार, शवहरू भएको कफिनलाई “सुरक्षाको कारण” सैनिक स्यापरहरूले (विस्फोटक जाँच विशेषज्ञ) पनि परीक्षण गर्ने छन्।
नागरिक बन्धकका शवहरू त्यसपछि अबु कबिर फरेन्सिक इन्स्टिच्युट (फरेन्सिक अनुसन्धान संस्थान) पठाइनेछ, जबकि हत्या भएका सैनिकहरूका शवहरू इजरायली सेनाको सुरुा क्याम्पमा लगिनेछ।अधिकारीहरूले भनेका छन्, शव पहिचानको प्रक्रिया दुई दिनसम्म लाग्न सक्छ।
