काठमाडौ, असोज २८ गते
सिहदरबारसहितका सम्पदा र देशभरका सरकारी कार्यालयको आगजनी र तोडफोडको अभियुक्तका आरोपमा सर्वत्र आलोचना र निन्दाको केन्द्रीय पात्र बनिरहेका काठमाडौका मेयर बालेन्द्र साह थप विवादित बनेका छन ।
एमाले र काङ्ग्रेसका युवा-विधार्थीले जेनजी आन्दोलनको विध्वंसको मतियार आरोपित गर्दै गिरफतारको माग राखेर प्रहरी कार्यालयहरुमा जाहेरी दिने अभियान चलाइरहेकै बेला सामाजिक संजालमा सोमबार पोस्ट भएको एक कविताबाट उनी थप विवादित बनेका हुन ।
कविताको एउटा हरफमा बालेनले किसानहरुलाई फोहोरी उपमा दिएर घृणा गरेका छन । त्यस्तो विवादस्पद कविताको हजारौंले तीब्र आलोचना गर्ने क्रम बढिरहदा पनि बालेनले माफी नमागी मौनता दर्शाएका छन ।
अमुर्त विवादस्पद कविता कुन विषयमा कसलाई ब्यङ्ग गर्दै लेखिएको हो भन्ने कुरा पनि पोष्टमा खुल्दैन ।

