काठमाडौं, असोज २९
जेनजीका नाममा विभिन्न निकायमा आतंक मच्चाउनेहरुको एकपछि अर्काे पोल खुल्न थालेको छ। अख्तियारदेखि विभिन्न सरकारी निकायमा गएर धम्काउने अर्जुनबहादुर शाही पाँच वटा मुद्दाका अभियुक्त भएको प्रमाण बाहिर आइसकेको छ।
आफुलाई जेनजी अगुवा बताउने अर्का एक युवकको पनि अपराधिक रेकर्ड भेटिएको छ। सोमबार अखिल नेपाल फुटबल संघ(एन्फा)मा गएर ज्ञापनपत्र बुझाउनेमध्ये एक युवक चेक बाउन्स मुद्दाका आरोपी भएको खुलेको छ।
जेन्जीका अभियान्ता बताउने अनिष कार्की लगायत एन्फा पुगेर ज्ञापनपत्र बुझाएको थियो। कार्की चेक बाउन्स मुद्दाका आरोपी हुन्। उनीविरुद्ध कागेश्जर मनहराका प्रदीपराज गिरीले चेक बाउन्सको जाहेरी दिएका थिए । ५ लाख ३३ लाख रकम फिर्ता नदिएपछि कार्कीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी परेको थियो। उनै कार्की अहिले जेनजीका नाममा विभिन्न निकायमा सुधारका लागि भनेर दबाब दिन थालेपछि जेनजीहरुकै बदनाम भएको छ । नजी आन्दोलनपछि केही समूहले सरकारी कार्यालयहरुमा पुगेर आतंक मच्चाउन थालेका छन्। सिन्धुपाल्चोकमा एक समुहले हाइड्रोपावरको शेयर लिए भने काठमाडौंमा भने सरकारी कार्यालयमा गएर उच्च अधिकारीलाई धम्काउने धन्दा सुरु भएको छ।
विवादास्पद पृष्ठभमुी भएका अर्जुनबहादुर शाहीको टोलीले यस्तो धन्दा चलाएको हो। केही दिनयता उनको समूह दैनिक जसो विभिन्न सरकारी कार्यालय जाने र त्यहाँ पुगेर सरकारी कर्मचारीलाई धम्काइरहेका छन्। सेवा प्रवाहमा सुधारमा भन्दा उच्च अधिकारीहरुलाई राजीनामा दिन लगाएर ब्लाकमेलिङ धन्दा सुरु गरेका हुन् । धम्काएको भिडियो बनाएर आफैं सामाजिक सञ्जालमा हाल्दै आएका छन्।
सो समूह अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण लगायत निकाय पुगेर यसरी धम्काउदै आएको छ ।
सो समूहका नाइके अर्जुनबहादुर शाही अपराधिक पृष्ठभुमीका व्यक्ति हुन् । जो विगतमा बारम्बार ठगीमा पक्राउ पर्दै आएका छन् । अछामको कालिकास्थान स्थायी घर भएका उनी धेरै पहिलादेखि नै ठगी र ब्लाकमेलिङमा धन्दामा संलग्न रहँदै आएको चिनेजानेकाहहरु बताउँछन् ।
शाहीले विदेश पठाइदिने भनेर ठगी गरेको तथा चेक बाउन्समा पक्राउ परेका व्यक्ति हुन्। उनै शाही अहिले उच्च सरकारी कर्मचारीलाई भेटेर धम्काइरहेको भिडियोहरु सार्वजनिक भएको छ । उनकै कारण सिंगो जेनजी आन्दोलन नै बदनामीको बाटोमा अघि बढेको छ। उनी करिब पाँच महिना थुनमा बसेका थिए।
अर्काेतर्फ यस्तो समूहलाई कारबाही गर्न प्रहरीमा उजुरी पर्न थालेको छ। जेनजीका नाममा अनेक धन्दा गर्ने समूहका कारण सरकारी कर्मचारी आतंकित र असुरक्षित भएका छन्
